७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

युवाका लागि ‘अटो रिक्सा’

युवाका लागि ‘अटो रिक्सा’
अ+ अ-

बनेपा । सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ ।

उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो ।
उहाँले यसअघि ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थाल्नुभएको उहाँको भनाइ छ ।

उहाँले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाउनुभएको थियो । त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आउनुभएको छ ।

अहिले उहाँले काठमाडौँमा भन्दा बनेपामा अटो रिक्सा चलाएर बढी आम्दानी गरेको बताउनुभयो । सोही पेशाबाट छोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएकी उहाँले अहिले राम्रै आम्दानी भइरहेको बताउनुभयो ।

“छोरीलाई ललितपुरको टिकीदेवलस्थित होस्टलमा राखेर पढाइरहेकी छु, शुल्क तिरेर खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भन्नुभयो, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।”

“ट्याम्पो चलाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म कमाइ हुन्थ्यो, अहिले बनेपामा आएर नयाँ पेशा शुरु गरेकी हूँँ”, उहाँले भन्नुभयो, “त्यसअघि सामान्य किसिमको व्यापार, इँट्टाभट्टामा समेत काम गरेँ, पछि भएन भनेर गाडी चलाउन सिकेर अनि यो पेशा शुरु गरेकी हूँ ।”

एक पटक त विदेश९दुबई० जान भनेर राहदानीसमेत बनाएर एक वर्षसम्म प्रयास पनि गर्नुभयो उहाँले । तर उहाँको भिसा लागेन ।

काभ्रेपलाञ्चोकको पनौती मल्पी घर भएका अर्का अटो रिक्सा व्यवसायी सुदीप थापाले सो पेशाबाट राम्रो आम्दानी भएको बताउनुभयो । “दिनको रु एक हजार ५०० देखि दुई हजारसम्म कमाउँछु”, थापाले भन्नुभयो, “राम्रोसँग खट्नेले दिनको दुई तीन हजारसम्म पनि कमाइरहेका छन्, म त आफ्नै गाडी भएकाले बिहान पनि अलि ढिला आउँछु, बेलुका पनि छिट्टै घर जान्छु, यसरी काम गर्दा पनि मासिक रु चालिस हजारदेखि पचास हजारसम्म कमाइ हुन्छ ।” घर खर्च गरेर १५ देखि ३० हजारसम्म बचत हुने उहाँको भनाइ छ ।

स्वरोजगारका लागि मेहनत गर्छु भन्नेका लागि अटो रिक्सा राम्रो व्यवसाय भएको उहाँको भनाइ छ । “विदेश नगई स्वदेशमा नै पाखुरा खियाएर खान्छु भन्नेका लागि यो पेशा एकदमै राम्रो छ, आम्दानी पनि हुन्छ, आफ्नै घर परिवारसँग बसेर घर चलाएर बचत पनि गर्न सकिन्छ ।” उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको बनेपा विगतदेखिको व्यापारिक केन्द्र पनि भएको र अरनिको र बिपी राजमार्ग पनि जोडिएकाले मानिसको सबै कुराको केन्द्रीत भएपछि पछिल्लो समयमा साना खालका सवारी साधनको व्यवसाय फस्टाउँदै गएको छ ।

लगानी पनि रु चार लाखदेखि पाँच लाखसम्म भए पुग्ने र त्यसका लागि सहकारीमार्फत किस्ताबन्दीमा पनि पाइने भएपछि व्यवसाय गरेर खान चाहनेका लागि अटो रिक्सा व्यवसाय युवाको रोजाइ बनेको छ ।

अटो रिक्सा व्यवसायी भन्छन्, “खटेर काम गरेमा राम्रै आम्दानी हुन्छ, कहिलेकाहीँ प्रहरी र नगरपालिकाले पार्किङमा दुःख दिने बाहेक अरु त सबै राम्रो छ ।” त्यसरी सञ्चालनमा ल्याएवापत नगरपालिकालाई वार्षिक रु ५०० कर तिर्नु परेको व्यवसायी बताउँछन् ।

बनेपा आसपासका भित्री शहर र बस्तीमा जान र वरिपरिका शहर धुलिखेल, पनौती, साँगा, नाला, चौकोट लगायतका ठाउँमा जान पनि सहज हुने भएकाले अटो रिक्सा व्यवसायी बढ्दै गइरहेका छन् । अहिले बनेपामा मात्रै दैनिक १५ देखि २० वटासम्म अटो रिक्सा सञ्चालनमा छन् ।