७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट निर्वाचित मेयर विद्युत चोरीमा संलग्न, कुलमान भन्छन्- दुर्भाग्यपूर्ण



अ+ अ-

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका छन् ।

नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट इन्जिनियर प्रदिपकुमार शर्मा नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१ ) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका १ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९) ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । श्यामप्रसाद यादव रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।