२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसबाट निर्वाचित मेयर विद्युत चोरीमा संलग्न, कुलमान भन्छन्- दुर्भाग्यपूर्ण



अ+ अ-

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका छन् ।

नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट इन्जिनियर प्रदिपकुमार शर्मा नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१ ) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका १ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९) ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । श्यामप्रसाद यादव रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।




भर्खरै