५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला प्रकरण : नेकपाको ‘टोन डाउन’, प्रचण्डले गरेनन् सिधा टिप्पणी



अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेकपाले भेनेजुएलाको राजनीतिक संकटबारे केही नरम शैलीमा सोमबार पार्टीको धारणा स्पष्ट पारेको छ । सचिवालय बैठकले यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको वक्तव्यको समेत समीक्षा गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने धारणा अघि सारेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

सचिवालय बैठकको निर्णयमा यसअघि दाहालले गरेजस्तो अमेरिकाप्रति सिधा टिप्पणी गरिएको छैन। भेनेजुएलाका जनताको सार्वभौम अधिकारको सम्मान हुनुपर्ने धारणा मात्र राखिएको छ। दाहालले यसअघि जारी गरेको वक्तव्यमा भेनेजुएलामा हस्तक्षेप गरेको भन्दै अमेरिकालाई लाञ्छित गरिएको थियो।

‘हालैका दिन भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमप्रति सचिवालयको ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ। कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै देशमाथि कुनै प्रकारको समस्या पैदा भए त्यहाँका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ। हाम्रो पार्टी विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ।’