१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारी डाक्टरको यस्तो चर्तिकला, काम नै नगरी छ लाख तलब खाँदै

सरकारी डाक्टरको यस्तो चर्तिकला, काम नै  नगरी छ लाख तलब खाँदै
अ अ+ अ-

काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा संचालित चितवनस्थित भरतपुर आँखा अस्पतालमा डा। रघुनन्दन बेन्जुलाई मनोमानी गरेको आरोप लागेको छ । डा। बेन्जुलाई अस्पतालमा कार्यरत त्यहाँ अन्य डाक्टर र कर्मचारीले यस्तो आरोप लगाएका हुन् । जनप्रहार सप्ताहिकमा खबर छ ।

बिगत ६ बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत डा. बेन्जुको मनोमानीको सीमा नाघेपछि त्यहाँका कर्माचारी र डाक्टरले आवाज उठाउन थालेका हुन् ।

डा. बेन्जु रेटिना स्पेललिस्टका साथै चिफ मिडिकल डाईरेक्टर पनि हुन् । डा. बेन्जु विदेशी तालिम र राम्रो भत्ता भएको शिविरमा आफै जाने, तर दुर्गम र कम भत्ता भएको क्षेत्रमा भने अन्य डाक्टरलाई पठाउँदै आएको त्याहाका एक पीडित डाक्टरले बताए । सुविधा कम भएको ठाँउ जस्तै थोरी, सिम्रौनगढ, माडीलगायतमा डाक्टर बेन्जुले अन्यलाई खटाउँदै आएका छन् ।

भैरहवा आँखा अस्पालमा कार्यरत डा. बेन्जु सुरुमा ४ लाख तलव खाने गरी भरतपुर अस्पतालमा आएका थिए । अहिले डा. बेन्जुले ६ लाख तलब कामै नगरी खाँदै आएका छन् । घर जान तथा व्यक्तिगत भ्रमणका खर्च र हवाई जहाज भाडा समेत डा। बेन्जुले अस्पतालबाट भराउँदै आएको स्रोतले बतायो ।

बिगत दुई बर्षदेखि डा. बेन्जुले अस्तालमा समय नदिई बाहिर बाहिर हिड्न तर कार्यालय आए पनि दुई बजेपछि झुल्कीने गर्दै हाजिरचाहिँ फुल टाईमको गर्ने गरेका छन् । आईपिबि भन्ने एक सस्थानले डा। बेन्जुलाई (आई हेल्थ हिरो) भनेर सम्मान गरेपछि झन उनको भूईमा खुट्टै नभएको उनका अस्पतालका डाक्टर बताउँछन् ।

भैरहवा अस्पतालका कर्मचारीले भौतिक कारवाही गर्ने तयारी गरेपछि डा। बेन्जु एमालेका केही नेतालाई सेटिङ मिलाएर भरतपुर आउन सफल भएका थिए ।