१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाज चढेको नक्कली टिकटले टेलिकमका हाकिम विशेष अदालतमा



अ+ अ-

काठमाडौँ । भ्रमणका क्रममा बिल मिलाउन हवाई जहाज चढेको नक्कली टिकट बनाउँदा नेपाल टेलिकमका कर्मचारीहरु फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत कर्मचारीहरु विरुद्ध हवाई जहाजको नक्कली टिकट बनाएको अभियोगमा मुद्दा चलाएको हो । अन्नपुर्णपोष्टमा खबर छ ।

दूरसञ्चार कार्यालय घोराहीका तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत बिकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहविरुद्ध हवाईजहाजको नक्कली टिकट प्रकरणमा मुद्दा दायर गरिएको हो ।

हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी नक्कली टिकट बनाई कार्यालयमा पेश गरेर रकम भुक्तानी लिएको अभियोगमा अख्तियारले मुद्दा अघि बढाएको हो ।

नक्कली टिकट कार्यालयमा पेश गरेर नेपाल दूरसञ्चार कम्पनीलाई हानीनोक्सानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

कम्पनीको ऐन नियम विपरित दैनिक भ्रमण भत्ताको दाबी गरी रकमसमेत भुक्तानी लिने तीनैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको द‌ंगालले जानकारी दिए ।