१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई वेस्टहामले दियो झट्का, उपाधि होड रोचक मोडमा



अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई वेस्टहाम युनाइटेड
बराबरीमा रोकेको छ ।

सोमबार राति वेस्टहामको घरेलु मैदानमा भएको खेमला लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका लागि साडियो माने र वेस्टहामका लागि मिचेल एन्टोनियोले गोल गरेका थिए ।

खेलको २२औं मिनेटमा लिभरपुलले मानेको गोलबाट अग्रता लिएको थियो । मानेले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाएपनि
वेस्टहामले उक्त अग्रता २८औं मिनेटमै तोडेको थियो । वेस्टहामका मिचेल एन्टोनियोले गोलगर्दै खेललाई बराबरीमा ल्याए ।

उनले फिलिपे एण्डरसनको फ्रिकिक पासमा गोल गरेका थिए । दोस्रो हाफमा लिभरपुलले लगातार गोलको अवसर बनाएपनि गोल गर्न सकेन । मोहमद सलाह र साडियो माने पटक पटक चुक्दा लिभरपुल अंक बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै लिभरपुलले २५ खेलबाट ६२ अंक बनाएको छ । ३२ अंक बनाएको वेस्टहामा १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५९ अंक छ ।