७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी

भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी
अ+ अ-

पोखरा । पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा) ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट (बिटिएम) मा सहभागी हुनेछ ।

बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्ष वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा पोखरा पर्यटन परिषद् र इथवाबीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षरसमेत भएको थियो । सम्झौतापत्रमा पोखरा पर्यटन परिषद्का तत्कालीन अध्यक्ष सोम थापा र इथवाका अध्यक्ष सुवासजी चक्रवर्तीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा व्यावसायिक दक्षता अभिवृद्धि, संयुक्त प्रचारप्रसार, व्यावसायिक नेटवर्किङ, प्रवद्र्धनलगायतका विषय समेटिएको थियो ।

भारतका उत्तरपूर्वी राज्यबाट पोखरा आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै अध्यक्ष पोखरेलले नेपाली भाषीको बाहुल्य रहेको त्यो ठाउँ नेपालको धर्म संस्कृतिसँग पनि उत्तिकै मिल्ने भएकाले पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताउनुभयो ।

आगामी माघ २७ गतेसम्म हुने प्रवद्र्धनात्मक भ्रमणमा भारतको सिलगुडी, गुवाहाटीलगायतका शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरिने छ । प्रवद्र्धन टोलीलाई पोखरा विमानस्थलमा बिदाइ गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले पोखरामा भारतीय पर्यटकको आगमनका साथै बसाई लम्ब्याउन कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष केदारनाथ शर्माले दुई ठूला मित्रराष्ट्र चीन र भारतका पर्यटकलाई अधिकतम रूपमा नेपालमा आकर्षण गर्नसके मात्र पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाका अनुसार उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिकरूपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् ।

नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७।०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्याङ्कले देखाउँछ । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका थिए ।

नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेका कारण उत्तरपूर्वी भारतमा हुने प्रवद्र्धनात्मक कार्यक्रमलाई अत्यधिक महत्वका साथ हेरिएको छ ।

नेपाल सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सार्वजनिक गरिरहँदा गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा नै २० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा लिएको छ ।