१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन स्मृति पोलिटेक्निकलाई जापानी सहयोग



अ+ अ-


विराटनगरः मोरङको हात्तीमुडामा रहेको मनमोहन स्मृति पोलिटेक्निकलाई जापान सरकारका तर्फबाट उपलब्ध गराइएका प्राविधिक उपकरणहरु नेपालस्थित जापानी राजदूतावासका अधिकृत मासाओ कुनिसाडाले हस्तान्तरण गर्नुभयो ।

राजदूतावासका अनुसार हस्तान्तरण गरिएका सामग्रीको मूल्य करिब ७७ लाख रुपैयाँ रहेको छ ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा उच्च गुणस्तरीय प्राविधिक उपकरणहरु जस्तै टोटल स्टेसन, डिजिटल थियोडोलाइट, टेस्टिङ मेसिन, एयर एन्ड ओइल सर्किट ब्रेकर्स तथा माइक्रो–हाइड्रो मोडेल रहेका छन् । यी उपकरणको सहायताबाट विद्यार्थीहरुले इन्जिनियरिङको व्यवहारिक ज्ञान र सीप हासिल गर्न सक्नेछन् ।

यो पोलिटेक्निक स्कुल सन् २००३ मा स्थापना भएको हो । यहाँ हाल करिब १ हजार ६०० विद्यार्थी अध्ययनरत छन् । यहाँ सिभिल, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङ विषय पढाइ हुने गरेको छ ।

दूतावासका अनुसार उक्त सहयोगबाट नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन ठूलो मद्दत पुग्नेछ ।