१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए



अ+ अ-
फाईल फोटो

मोगादिशु । सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ ।

नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका हुन् । सरकारी सैन्य फौजले सोमालियाको मध्य र दक्षिणी क्षेत्रमा अल–कायदासँग निकट सम्बन्ध रहेको अल–सबाब विरुद्ध जबर्जस्त कारबाही गरिरहेको छ ।

यही आतङ्ककारी समूहले सोमबार राजधानी मोगादिशुमा कार बम विस्फोट गराउँदा कम्तीमा १२ जना मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

अफ्रिकी युनियनको सहयोगमा सोमाली सेनाले गरेको कारबाहीमा अल–सबाब समूहलाई अगष्ट २०११ मा मोगादिशुबाट बाहिर लखेटेको थियो । तर उक्त समूहले दक्षिण सोमालियाको धेरै भूभागमा अझै पनि नियन्त्रण गरिरहेको छ ।