२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार हजारमा हेलिकप्टर



अ+ अ-

काठमाडौं । हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज पहिलो पटक यहाँ सुरु भएको छ ।

धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले चार हजार रुपैयाँमा हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज मंगलबारबाट सुरु गरेको हो ।

‘महोत्सवलाई मध्यनजर गरी हेलिकप्टरबाट धनगढी अवलोकन गर्ने प्याकेज ल्याएका हौँ,’ संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘हेलिकप्टरमा चड्नेहरुको संख्या उल्लेखीय देखिएको छ । महोत्सव अवधिमा धनगढी अवलोकन गराउने छौँ ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

महोत्सवपछि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा समेत प्याकेज सुरु गर्ने ओझाले जानकारी दिए । धनगढी बजार अवलोकन गर्नका लागि धनगढीमा रहेको पुरानो एयरपोर्टमा हेलिप्याड समेत बनाइएको छ । हेलिकप्टर चढ्नेहरुले चार हजारमै धनगढी बजार पूरै अवलोकन गर्नसक्ने उनले जानकारी दिए ।

संघको आयोजनामा १२ वर्षयता हरेक वर्ष सञ्चालन हुँदैआएको सुदूरपश्चिम महोत्सव सोमबार सुरु भएको हो । महोत्सवले यहाँको पर्यटन विकासमा टेवा पुर्याउने आयोजकले अपेक्षा गरेको छ ।