७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एकाएक बालुवाटार पुगे अमेरिकी राजदूत, यस्तो छ कारण !

एकाएक बालुवाटार पुगे अमेरिकी राजदूत, यस्तो छ कारण !
अ+ अ-

काठमाडौं । भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपा र सरकारसँग चिढिएका अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार दिउँसो बेरीले प्रधानमन्त्री ओलीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए। मंगलबारको भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको ‘भद्र प्रतिवाद’ गरेको स्रोतले बतायो।

‘उहाँ आउनु भयो, नेपाल–अमेरिका सम्बन्ध र पछिल्लो विकसित भेनेजुएला प्रकरणबारे छलफल भयो,’ एक निकटस्थले सुनाए, ‘विषय अरु पनि थिए तर मुख्यतः पछिल्लो विकसित घटनाबारे नै छलफल भएको हो।’ यसअघि सरकारले शुक्रबार गरेको कूटनीतिक ब्रिफिङमा भने बेरी अनुपस्थित थिए। उनले सोही दिन दैनिक पत्रिकाका सम्पादकलाई दूतावासमै बोलाएर छलफल गरेका थिए।

नेपाल सरकारले भेनेजुएलाको राजनीति नबुझेको भन्दै उनले खासै साइनो नभएको मुलकबारे नेपालले चासो राखेकोमा प्रश्न गरेका थिए। प्रधानमन्त्रीले ओलीले भने नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बतायो।

उनले सरकार र पार्टी नेताका विचारलाई एउटै रूपमा नबुझ्न पनि राजदूतलाई आग्रह गरेको बताइएको छ। बिनाकारण पुरानो एवं दातृ मुलुकसँग सम्बन्ध नबिगार्न विज्ञहरूले राजनीतिक दल र सरकारलाई सुझाएका थिए। सत्तारुढ दलले भने विज्ञप्तिमाथि विज्ञप्ति जारी गरेपछि राजदूत बेरी प्रधानमन्त्री निवासै पुगेका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार छ ।