२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरहरुले स्वदेशी औषधी सिफारिस नगर्नुको रहस्य यस्तो



अ+ अ-

काठमाडौं । धेरै प्रकारका औषधिमा नेपाल आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहुँदै बाह्य देशबाट औषधि आउने क्रम अत्यधिक रूपमा बढिरहेको छ । सरकारले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको दाबी गरे पनि बाहिरबाट औषधि आउने क्रम झनै बढ्न पुगेको छ ।

यो तथ्यले सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको दाबीलाई झुटो साबित गरिदिएको छ । यदि सरकारले स्वदेशी औषधि उत्पादनलाई प्राथमिकतामा राख्नुका साथै बजार व्यवस्थापनमा पनि उचित ध्यान पु¥याउन सकेको भए बाहिरबाट औषधि आउने क्रममा निकै कमी आउन सक्थ्यो तर
त्यस्तो देखिएन ।

अहिले औषधि खरिदमा नै दैनिक ७ करोड रुपैयाँ विदेसिने गरेको छ । औषधिमा मात्रै वार्षिक २५ अर्ब रुपैयाँ बाहिर जाने गरेको दुखदायी तथ्यांक सार्वजनिक भएको छ । नेपालमा औषधि उत्पादनमा आत्मनिर्भर हुने प्रशस्त सम्भावना हुँदाहुँदै बाह्य औषधिमा भर पर्नुपर्ने अवस्था आउनु दुखद मात्रै होइन घोर विडम्बना हो ।
नेपाली औषधि उत्पादकले ५१ थरिका औषधिमा आत्मनिर्भर भएको भन्दै बाह्य औषधि आयत नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आइरहेका छन् । तर, उत्पादकको आग्रहलाई सरकारी पक्षले बेवास्ता गर्दै आइरहेको छ । हाम्रा सरकारी निकायलाई आफ्नै स्वेदशी उत्पादनको माया लाग्नुपर्ने हो तर स्वदेशी उत्पादनलाई प्रश्रय दिने गरी सरकारी योजना र कार्यक्रम ल्याउन सकिएको छैन । भएका औषधि उत्पादन कम्पनीलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्न सकेको छैन । औषधि कम्पनी लिमिटेड पनि सरकारी बेवास्ताको सिकार भइरहेको छ ।

नेपाल हरेक सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर देश हो । तर, यहाँका शासन सञ्चालन गर्ने शासकको अदूरदर्शी सोचका कारण यहाँका प्राकृतिक सम्पदा तथा बहुमूल्य जडीबुटीहरूको समेत सही उपयोग र पहिचान हुन सकेको छैन । यसैका कारण पनि हामी स्वावलम्बी बन्न सकेका छैनौं । आफ्नै मुलुकमा भएका स्रोतसाधनको भरमग्दुर उपयोग गर्न सकिएमा हामी धेरै क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने पक्का छ । त्यसैले अब सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि सोहीअनुसारका नयाँ नीति योजना र कार्यक्रम ल्याउन ढिलाइ गर्नुहँुदैन ।

हाम्रै पहाड र हिमालमा रहेका बहुमूल्य जडीबुटीको उपयोग गरी औषधि बनाउन सक्ने हो भने त्यस्ता औषधिले ठूलाठूला रोगहरूको पनि सहज उपचार गर्न सक्ने निश्चित छ । त्यसैले स्वदेशी औषधि उत्पादनलाई उच्च प्राथमिकतामा राख्दै स्वदेशमा उत्पादन भएका औषधिलाई नै प्रोत्साहन गर्ने र बाह्य औषधि आउने वातावरणलाई निरुत्साहन गर्न जरुरी छ । राजधानी दैनिकमा समाचार छ ।