२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतावासले मनायो काश्मिर दिवस



अ+ अ-

काठमाडौं । काश्मिरी नागरिकप्रति मंगलबार नेपालस्थित पाकिस्तानी राजदूतावासले ऐक्यवद्धता जनाउँदै दिवस मनाएको छ ।

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका नागरिकको सम्झनामा फेब्रुअरी ५ मा दूतावासले कार्यक्रमको आयोजना गरेको हो ।

पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यामबाट समाधान गर्नुपर्ने राजदूत मजहर जावेदले बताए ।

तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाइ छ । त्यस अवसरमा राजदूत जावेदले नेपाललाई पाकिस्तानले असलभित्रको रुपमा लिएको पनि स्पष्ट पारे ।