१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजधानीकै सडकको हालात यस्तो, १० किमीमा २५० खाल्डाखुल्डी

राजधानीकै सडकको हालात यस्तो, १० किमीमा २५० खाल्डाखुल्डी
अ अ+ अ-

काठमाडौं । बिहानको १० बजेको छ । कार्यालय समय भएकाले सडकमा सवारीको चाप थामिनसक्नु छ । महाराजगन्जको मुख्य चोकमा ट्राफिक व्यवस्थापनका लागि खटिएका दुई जवान र एक ट्राफिक हबल्दारलाई भ्याइनभ्याइ छ । जेब्रा क्रसिङमा बाटो काट्ने र सडकका दाँयाबाँयाका फुटपाथमा हिँड्ने प्रत्येक पैदलयात्रीले ‘मास्क’ लगाएर हिँडेका छन् ।
मास्क लगाउन छुटेकाहरू पनि उफ् गर्दै हातले हम्केर या त हातले नै मुख छोपेर हिँडेका छन्, मानौं उनीहरू उकुसमुकुस छन् ।
लाग्छ, मास्क लगााउनु अनिवार्य पालना गर्नैपर्ने नियमभित्र पर्छ । यसैबीचमा सडकका खाल्डाखुल्डीमा घ्याच्चघ्याच्च गर्दै र असन्तुलित हुँदै गुडिरहेका छन् सवारीसाधन र चौतर्फी उडिरहेको छ धुलो ।
यो अवस्था हो, हजारौं सर्वसाधारण आवतजावत गर्ने तथा उत्तिकै संख्यामा सवारीसाधन हुँइकिने उपत्यकाका सडकको । उपत्यकाका अधिकांश सडकको पछिल्लो अवस्था यस्तै खाल्डाखुल्डीमय छ भने यात्रुहरू जोखिम मोलेरै हिँड्डुल गर्न बाध्य छन् ।

आमउपत्यकावासीसँग जोडिएको यसै जनचासो र गुनासोलाई मध्यनजर गर्दै हामीले मंगलबार उपत्यकाका मुख्य सडकअन्तर्गत पर्ने महाराजगन्जदेखि टेकुसम्मको १० किलोमिटर सडकको स्थलगत अनुगमन गरेका थियौं ।
अनुगमन क्रममा काठमाडौंको अत्यन्तै महŒवपूर्ण क्षेत्रका रूपमा रहेका महाराजगन्ज, वसुन्धरा, धापासी, सामाखुसी, गोंगबु चोक, नयाँ बसपार्क, माछापोखरी, बालाजु चोक, नयाँ बजार, सोह्रखुटे, लैनचौर, जमल, त्रिपुरेश्वर हुँदै टेकुसम्मको १० किलोमिटर सडक खण्डमा २५० भन्दा बढी खाल्डाखुल्डी पाइएको छ ।
अनुगमनका क्रममा सडकका बीच भागमा रहेका खाल्डाखुल्डी तथा सडकको समग्र अवस्थालाई नियालेका छौं । यस क्रममा अधिकांश सडकको अवस्था जीर्ण पाइएको छ । हामीले राजधानीको मुख्य सडकमध्येमा पर्ने महाराजगन्जदेखि टेकुसम्मको सडकखण्डलाई विभिन्न खण्डमा विभाजन गरी अनुगमन गरेका छौं ।

महाराजगन्जदेखि टेकुसम्मको सडकखण्ड

महाराजगन्ज–वसुन्धारा (२ किलोमिटर), वसुन्धारा–गोंगबु (२ किलोमिटर), गोंगबु–बालाजु (१ किलोमिटर), बालाजु–सोह्रखुट्टे (१ किलोमिटर), सोह्रखुट्टे–जमल (२ किलोमिटर), जमल–रत्नपार्क (१ किलोमिटर) र रत्नपार्क –टेकु (१ किलोमिटर) गरी १० किलोमिटर सडकखण्डलाई सात भागमा विभाजन गरी सडकको अवस्था नियालेका छौं ।
अनुगमन क्रममा यी सडकको बीच भागमा अन्दाजी १ मिटरभन्दा कमका खाल्डालाई साना र १ मिटरभन्दा माथिका खाल्डालाई ठूला खाल्डाका रूपमा मापन गरेका छौं । जसअनुसार ती सडकमा ५९ ठूला र १५१ भन्दा बढी साना गरी २१० खाल्डा छरपस्ट रूपमा रहेको पाइएको छ । यो सडक मर्मत सम्भार र सुधारको जिम्मा सडक विभागको हो । सडकका कैयौं ठाउँमा रोड काटिएका छन्, बाटाहरू चिरिएका छन् । भर्खरै ढलान भएका बाटाहरू फुटाइएका छन् ।

ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाका अनुसार सडकका मध्य भागमा रहेका यस्ता खाल्डा सडक सुरक्षाका दृष्टिले अत्यन्तै असुरक्षित हुने गर्दछन् । यस्ता सडकमा सवारी अनियन्त्रित हुने हुनाले विशेषगरी दुईपांग्रे सवारी मोटरसाइकल तथा स्कुटर बढी दुर्घटनामा पर्ने गरेका छन् । अझ रातिको समयमा सवारी दुर्घटनाको जोखिम अझ बढी हुने गरेको छ । सडकमा रहेका खाल्डाखुल्डीकै कारण दैनिक हुने दुर्घटनामा दर्जनौं व्यक्ति घाइते हुने गरेको ट्राफिक महाशाखाले जनाएको छ ।
सडकको बीच भागमा बाहेक दायाँबायाँ रहेका किनाराको हालत झनै भद्रगोल अवस्थामा छ । यस्ता खाल्डाबाहेक सडक विस्तारपछि अझै स्तानान्तरण नगरिएका बिजुलीका पोल, कतै पैदलयात्रीका लागि आवश्यक फुटपाथ नै नभएको, भएका स्थानमा समेत हिँड्नै नमिल्ने साँघुरा रहेको पाइएको छ । सडकमा बीच भाग तथा सवारी गुड्ने क्षेत्रमै खानेपानी तथा ढलको समस्या समाधानका लागि सडकको तहभन्दा माथि आउनेगरी राखिएका ढकनसमेत समस्याका रूपमा रहेका छन् ।
सडकको अवस्थाबारे ध्यानाकर्षण गराउँदा सडक विभागले मेलम्ची आयोजनाका कारण ढिलाइ भएको बताएको छ । विभागका प्रवक्ता मुक्ति न्यौपानेका अनुसार मेलम्ची खानेपानी आयोजनाले सडकको दायाँबायाँको सडक खनेको र सोको निर्माणको जिम्मासमेत आयोजनाकै हुने गर्छ । उनी विभागको कार्यक्षेत्रअन्तर्गतका मर्मत सम्भार र सुधारका कामका लागि भने विभागले प्रक्रिया थालिसकेको बताउँछन् ।

यता, मेलम्ची आयोजनाले भने विभिन्न चरणमा परीक्षण गरिरनुपर्ने भएकाले केही स्थानमा ढिलाइ भएको र काम सकिएलगत्तै त्यसलाई समेत निरन्तरता दिइने बताएको छ ।
तर, राजधानी काठमाडौंका अधिकांश मूल सडक र भित्री सडकको हालत लामो समयदेखि उस्तै रहेको छ । उपत्यकामा उड्ने धुलोले बालबच्चादेखि वृद्धवृद्धासम्मलाई श्वासप्रश्वासलगायतका स्वास्थ्य समस्या तथा विभिन्न घातक संक्रमणको सम्भावना रहने गर्छ । यस प्रकार समन्वय गर्न आवश्यक निकायबीच समेत समन्वयको अभाव देखिएको छ । यस समस्यामा पनि एकले अर्कालाई दोष देखाई जिम्मेवारीबाट पन्छिन खोजेको देखिएको छ ।

महाराजगन्ज चोकैमा सनसाइन इन्टरनेसनल नामको मोबाइल पसलका गणेशप्रसाद न्यौपाने गुनासो गर्छन्, ‘यो स्थानीय निकाय, सरकार र सडक विभागको गम्भीर लापर्बाही हो । यो सामान्य विषय होइन, हाम्रो स्वास्थ्यसँग जोडिएको गम्भीर सवाल हो ।’ उनी यस समस्यालाई सम्बन्धित निकायले हल्का रूपमा लिएकोमा असन्तुष्टि पोख्छन् । सडककै अवस्थाका कारण उनको पसल अगाडि धेरै मोटरसाइकल र स्कुटी दुर्घटनामा परेको उनको अनुभव छ ।
यस्ता दुर्घटनामा परी सामान्य चोटपटक लाग्नेदेखि गम्भीर घाइतेसमेत हुने गरेका छन् । यसले सर्वसाधारणको दैनिकीलाई कष्टकर बनाएको छ भने ज्यानसमेत जोखिममा पर्ने गरेको छ । यसका लागि प्रधानमन्त्री कार्यालयले समेत चासो राख्दै राजधनीका सडकबारे छुट्टै कार्यदल बनाएर अनुगमन गर्ने गरेको छ तर त्यो प्रभावकारी बन्न सकेको छैन । कार्यदलले बुझाएको प्रतिवेदनले समेत सडक निर्माणमा सुस्त देखिएको उल्लेख गरेको थियो । प्रतिवेदनले सकिसक्नुपर्ने समयमा २० प्रशित मात्र कार्यप्रगति भएको तथ्यांक सरकारसमक्ष पेस गरेको थियो । यद्यपि यो कार्यदलले समेत जनभावनाअनुसारको काम गर्न नसकेको देखिन्छ । जनसरोकारका यस्ता विषयमा सम्बन्धित निकायले समन्वय गरेर समाधान गर्नुपर्ने सुझाव स्थानीयवासीको छ । राजधानी दैनिकमा समाचार छ ।