१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल कर विवाद, सेयर बेचेर भागे



अ+ अ-

काठमाडौँ । गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेराले नै कर तिर्नुपर्ने बहस गरेका छन् ।
चार छुट्टाछुट्टै निवेदन जोडिएको मुद्दामा पूर्वसचिव द्वारिकानाथ ढुंगेलको टोलीले मात्रै एनसेललाई कर तिराउनुपर्ने बहस गरेको छ ।

अरू सबै पक्षले कर तिर्ने दायित्व टेलियासोनेराको हुने भनी बहस गरेका छन् । मंगलबार पनि सुनुवाइ जारी रहेको यो मुद्दामा बुधबार दुवै पक्षले ‘जवाफी बहस’ गर्नेछन् । त्यसपछि इजलासले सोही वाअर्को कुनै दिन निर्णय सुनाउने छ । मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ,डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यसअघि निवेदक मध्येका एक रेनोल्ड होल्डिङ्सले दायर गरेको रिट निवेदकको प्रारम्भिक सुनुवाइपछि लाभांश लैजान पाउने गरी अन्तरिम आदेश जारी भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम सुनुवाइका बेला सम्बोधन हुनुपर्ने विषय अन्तरिम आदेशमै दिइएको थियो । एनसेलले पनि आफ्नो सेयरहोल्डरको लाभांश लैजान पाउनुपर्ने भनी निवेदन दिएको थियो ।
एनसेलको कर विवाद उत्कर्षमा परेका बेला ढुंगेल सहित ५ जनाले यहाँ रहेको एनसेललाई कर उन्मुक्ति दिन नहुने भनी सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गराएका थिए ।