२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथका चारै ढोका खुल्ने



अ+ अ-

काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथको चारै ढोका चारै प्रहर खुला गर्ने निर्णय गरिको छ ।

नित्य दर्शनार्थीका लागि विहान ३ बजे नै मन्दिर प्रवेश पाउने व्यवस्था गरिने छ भने अन्य भक्तजनका लागि छुट्टै मन्दिर प्रवेश पासको व्यवस्था नगर्ने निर्णय पनि गरिएको छ । सञ्चारकर्मीले आफ्नै संस्थाको परिचयपत्रबाट पशुपति क्षेत्र प्रवेश गर्न सक्नेछन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार कोषले डा मिलनकुमार थापा, भगवतीप्रसाद देव, राजुकुमार खत्री, भरत मरासिनी, राजुकुमार रेग्मी, भोला सिटौला र प्रेमहरि ढुंगानाको संयोजकत्वमा विभिन्न सेवाप्रदायक समिति गठन गरेको छ ।
पर्वका लागि झण्डै तीन करोड रुपियाँको हाराहारीमा सौन्दर्य, खानाखाजा खर्च, आवास भोजन, साधुसन्तको स्वागत तथा विदाइ, भक्तिसङ्गीत प्रस्तुति लगायतका लागि खर्च विनियोजन गरिएको छ । उपनिर्देशक ढुङ्गानाका अनुसार सुरक्षा व्यवस्थाका लागि सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।