३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता लडाउन बाहिर बाझाबाझ गर्ने कम्युनिष्ट र कांग्रेस भित्र-भित्र यस्तो !



अ+ अ-

काठमाडौँ । नेकपा र कांग्रेस बाहिर बाझाबाझ गरेर बसेजस्ता देखिन्छन् तर शनिबार बालुवाटारको दृश्य हेर्दा पत्याउनै सकिएन । आजको जनआस्था साप्ताहिकमा समाचार प्रकाशित छ ।

एकातिर विदेशीले सत्या निरुपण तथा मेलमिलाप (द्धन्द्धको प्रभाव) का नाममा नजानिँदो पाराले शाब्दिक आक्रामण थालेका छन् । अर्कातिर नेपाल भेनेजुयला-अमेरिकाको चक्करमा फसेको छ । यस्तै अप्ठेरेकाबीच शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन कस्सिएका २०६२/६३ को जनआन्दोलनका सारथीहरु भने अचम्मसँग जुटेका हुन् ।

साँझ ६ बजे शुरु भएको यस्तो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, रमेश लेखक, मीनेन्द्र रिजाल सहित प्रम ओली, प्रचण्ड, सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जामन्त्री वर्षमान पुन (अनन्त), कानुनमन्त्री भानुभक्त ढकाल, महान्यायधिवक्त अग्नी खरेल, कानुनविद् खिमलाल देवकोटाहरु सहभागी थिए ।

कांग्रेसले शुरुमै आपत्तिक जनायो, ‘अब हामीलाई कुनै विदेशीको मतलव छैन, अरुको सहयोग पनि चाहिँदैन भनेजसरी किन बोल्नुपरेको ? किन उत्ताउलो हुनुभएको ? प्रम ओलीले जवाफ दिए, ‘म यहाँ छैन, परराष्टन्मन्त्री पनि विदेशमा । हामी दुबै यहाँ नभएको बेला के बाधा–विघ्न आइपर्यो, कि विदेशीहरु नेपालविरुद्ध विज्ञप्ती निकाल्न कस्सिए ? यस्तो भएपछि चूप लागेर बस्ने कुरौ आएन । आफ्नो पोजिसन क्लियर गर्नैपर्थ्यो बलियो !’

यसपछि कांग्रेसजन नै छक्क पर्नेगरी शेरबहादुरले प्रमको बचाव गर्दै भने, ‘भैगो त भैगो ! विदेशीले वक्तत्व निकाल्नुहुँदैनथ्यो, निकालिहाले । प्रधानमन्त्रीले पनि प्रतिवाद गर्नुभयो । बराबर भयो, छोड्दिऔं अब !’