७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइ.एम.ई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंक बिच इस्योरेन्स सम्झौता



अ+ अ-

काठमाण्डौं । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगर बिच बैंक इस्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमामा आइ.एम.ई इन्स्योरेन्सबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरेका हुन् ।


इस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनुका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।

आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनीले बताएको छ ।