१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

देउवा नेतृत्वको सरकार चुक्दा रुकुम पूर्वमा तनाव, बुटवलबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी लगियो

देउवा नेतृत्वको सरकार चुक्दा रुकुम पूर्वमा तनाव, बुटवलबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी लगियो
अ अ+ अ-

रुकुम पूर्व । सदरमुकामको विषयलाई लिएर जारी आन्दोलनले उग्र रुप लिन थालेपछि रुकुम पूर्वमा कर्फु लागेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते अस्थायी सदरमुकामका रुपमा रहेको सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयलाई लिएर रुकुममा विवाद बढेको हो । विवाद बढ्दै गएपछि उक्त विवादले उग्र रुप लिएको हो ।

सरकारले नै निर्णय गरेपछि जिल्लाको स्थायी सदरमुकाम रुकुमकोटमा कि पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडा भन्ने विषयमा स्थानीयहरुमा अन्योल देखेपछि विवाद सृजना भएको हो ।

सरकारले निर्णय गरेको लामो समय बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि गोल्खाडावासीले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएका छन्।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुवै पक्षले भिडन्तको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र  बुटवलबाट हेलिकोप्टरमा थप सुरक्षाकर्मी ल्याइएको बताए।

प्रजिअ शर्माले भने, ‘दुवै पक्षको आन्दोलनका कारण तनाव उत्पन्न भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। हामीले बाहिरबाट थप प्रहरी बोलाएका छौँ । अब कुनै प्रकारको अप्रिय घटना हुन दिँदैनौँ।’

उनले भने, यो बिषय सरकारको बिषय हो । हामीले उक्त बिषयमा निर्णय लिन मिल्दैन् । हामीले उक्त बिषयलाई लिएर तनाव बढ्दा गत आइतबारदेखि निषेधाज्ञा जारी गरेका छौँ । र यो निषेधाज्ञा आजसम्म पनि जारी नै रहेको छ ।

प्रजिअ शर्माका अनुसार दुवै पक्षको सम्भावित भिडन्त रोक्न सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ।