७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुम्यो, सरकारले भने हत्यारा पक्राउ गरेको गलत सूचना दियो : भुसाल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसी दिने व्यवस्था मिलाउ सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसी दिने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् ।

पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।

शून्य समयमा बोल्दै भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको तर सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिएको बताइन् ।