७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा
अ+ अ-

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू) बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रुपमा हटाउन आफूले पहल गर्ने बताउनुभयो ।

भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा छैन भन्नुभयो ।

उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहनुभएकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधानहरु राखिन्न, तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने हुन्छ भन्नुभयो ।

उहाँले सन् १९९८ मा सम्पन्न सुखद शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्ण समर्थन रहेकामा समेत जोड दिनुभयो । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।

प्रधानमन्त्री मेका प्रतिबद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ ।

बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ, तर बहिर्गमन सम्झौता बेलायती संसदबाट स्वीकृत भएको छैन । बेलायती संसदले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसदमा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटनाहरु भएका थिए, जसका कारण तीन हजार ७०० भन्दा बढीको ज्यान गएको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ । तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरु केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमहरुले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरु ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् ।

तर, युरोपेली नेताहरु प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् ।

“इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट विस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,” आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताउनुभयो । “हामी इयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकाँक्षी बनाउन चाहन्छौं, ताकि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिल्यै आवश्यक नै पर्ने छैन ।”

तैपनि, प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दै हुनुहुन्छ । उहाँले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्री मेले युरोपेली नेताहरुसँग छलफल गरी उहाँले संशोधित प्रस्ताव अर्को साता बेलायती संसदमा प्रस्तुत गर्नुहुनेछ ।