७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

शृङ्खला खेलाउने मैदान नभएको देशलाई एक दिवसीय र टि–२०को उपाधी !

शृङ्खला खेलाउने मैदान नभएको देशलाई एक दिवसीय र टि–२०को उपाधी !
अ+ अ-

काठमाडौँ । सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।

एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर, नेपालमै भने शृङ्खला आयोजना गर्ने अवस्था अहिले छैन । भएको एउटै मैदान कीर्तिपुरस्थित त्रिवि मैदान वर्षौंदेखि मर्मत हुन सकेको छैन ।

त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन अब कहिलेसम्म सो मैदानमा मात्रै भर पर्ने हो ? यसको उत्तर नेपाली क्रिकेटका जिम्मेवार पदाधिकारीसँग छैन ।

हरेक चार वर्षमा पिचको मर्मत गर्नुपर्दछ तर त्रिवि मैदानको पिच आठ वर्षसम्म पनि मर्मत नहुँदा यसको गुणस्तर खस्किएको छ ।

नेपालमा एक दिवसीय शृङ्खला खेलाउन सकिन्छ कि सकिँदैन भनेर भर्खरै अध्ययन भने शुरु भएको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा शृङ्खलाको आयोजना गर्न चासो दिइरहेको छ । तर क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा रहेको छ भने एकमात्र अन्तर्राष्ट्रिय भनिएको कीर्तिपुर मैदान पुनःनिर्माण गर्नुपर्ने अवस्थाले नेपालमै तत्काल शृङ्खला आयोजना गर्ने अवस्था छैन ।

नेपालको मैदान एकदिवसीय शृङ्खला खेलाउन योग्य छ की छैन भनेर जाँच गर्न अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि एण्डी अटकिन्सन नेपालमा छन् । उनले मङ्गलबार कीर्तिपुर मैदानको निरीक्षण गरे । आज निर्माणाधीन अवस्थामा रहेको मुलपानी मैदानको पनि निरीक्षण गरेका छन् ।

उनले मैदानको अवस्थाका बारेमा आइसिसीमा प्रतिवेदन बुझाउनेछन् । आइसिसीले उनकै प्रतिवेदनका आधारमा नेपाली मैदान शृङ्खला खेल्न योग्य छ कि छैन भन्ने कुराको टुङ्गो लगाउनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भने, “एण्डीले प्रतिवेदन बुझाएपछि आइसिसीले त्रिवि मैदानलाई एकदिवसीय योग्य बनाउनका लागि गर्नुपर्ने कामबारे सुझाव दिनेछ, त्यही अनुसार सुधार गर्नसके नेपालले एक दिवसीय शृङ्खला आयोजना गर्ने बाटो खुल्नेछ ।”

त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले चासो देखाएको छ । त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनुपर्नेछ । भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नुछ । क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याएर काम गरे मात्र मैदानले एकदिवसीय शृङ्खला खेलाउने मान्यता पाउनेछ ।

हालै युएईमा सम्पन्न शृङ्खलामा नेपाली खेलाडीहरूले नायकत्व प्रर्दशन गरिसकेका छन् । केही युवा खेलाडीले सोचेभन्दा माथिल्लो स्तरको प्रर्दशन गर्दै नेपाली क्रिकेटको उज्यालो भविष्यको सङ्केत समेत गरिसकेका छन् । तर स्तरीय पूर्वाधार नहुँदा र क्यान निलम्बनको फकुवाका लागि उचित पहल नहुँदा नेपाली खेलाडीले देखाएको उज्यालो भविश्यको सङ्केत कतै अध्याँरोतर्फ जाने त होइन भन्ने आशङ्क उत्पन्न हुन थालेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कीर्तिपुरको मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताए ।

उहाँले भन्नुभयो, “आइसिसीले भनेअनुसार विधान संशोधन भइसकेको छ, क्यानका निर्वाचित पदाधिकारीले अदालतमा दायर गरेको मुद्दा फिर्ताको प्रक्रिया पनि शुरु भइसकेको छ, अब चाँडै क्यान निलम्बन फिर्ता हुन्छ ।”

खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।

उनले मुलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने उल्लेख गर्दै आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया शुरु भइसकेको बताए ।

क्रिकेट प्रशिक्षक राजु बस्नेतले नेपाली खेलाडीले क्रिकेटलाई उचाइमा पुर्याएको बताउँदै पूर्वाधार नबन्नु दुःखद् विषय हो भने।

उनले भने “नेपाल भन्दा कम वरियता भएका मुलुकहरूमा नेपालको भन्दा धेरैनै पूर्वाधारको विकास भएको छ, हाम्रो अवस्था लाजमर्दो नै छ ।”

एकदिवसीय मान्यता प्राप्त गरेको एकवर्ष पूरा हुनै लाग्दा नेपालले अहिलेसम्म दुईवटा मात्र शृङ्खला खेलेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्स र युएईविरुद्ध उनीहरुकै भूमिमा शृङ्खला खेलेको थियो ।

नेपाली क्रिकेटका लागि थप सफलताको सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि टिकाइराख्न पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आइसिसीको निलम्बन फुकुवा अत्यावश्यक छ । दश वर्षअघि डिभिजन ५ मा रहेको नेपालले प्रतिकूल घरेलु वातावरणका बाबजुद एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।