२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको कठघरामा गृहमन्त्री थापा : विपक्षीको प्रश्न, थापाको बधाई



अ+ अ-

काठमाडौँ । सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा बादललाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् । सांसदमा बुधबार भएको प्रश्न उत्तरमा कांग्रेस सांसद डिला संग्रौलाले पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन भनेर प्रश्न सोधेकी थिइन् ।

बुधबारको बैठकमा सांसदहरुले निर्मला हत्या प्रकरण र भइरहेको अनुसन्धान, निशान खड्काको हत्या र इन्काउन्टर, अछाममा भएको घटना लगायतमा केन्द्रीत रहेर प्रश्न गरेका थिए । तर, सत्तारुढ सांसदले भने निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र विपक्षीलाई राजनीतिक मुद्दा बनेको दाबी गरे ।

जवाफमा गृहमन्त्री बादलले अनुसन्धान जारी रहेको र सरकार अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताए । त्यसमा कांग्रेस पुरक प्रश्न सोधेका थिए ।

देवेन्द्र कँडेल – साउन २१ मा काँडाघारीमा भएको निशान्त खड्काको हत्याको विषयमा प्रहरीको इन्काउन्टरमा मरिएका भनिएका गोपाल तामाङ र अजय तामाङका बारेमा प्रष्ट पारिदिन आग्रह गर्छु ।

गृहन्त्री थापा– निशान्त हत्या प्रकरणमा गोपाल तामाङ र अजय तामाङको प्रहरी इन्काउन्टरमा ज्यान गएको हो ।

पुरक –इन्काउन्टरको आदेश कसले दिन्छ ?

गृहमन्त्री थापा– तयस्तो अवस्थामा आदेश कसैले दिँदैन । प्रहरी आफैले निर्णय गर्न सक्छ ।

प्रेम सुवाल – पहुँचवालालाई मात्रै शान्ति सुरक्षा भयो सर्वसाधारणलाई भएन भन्ने गुनासो आएको छ वास्तविकता के हो रु

गृहमन्त्री थापा–सरकारले विभेद गरेको छैन ।

डिला सङग्रौला– निर्मला पनतको हत्यामा संलग्नलाई मुद्दा किन चलाइएन ? देशभरका हत्या र बलात्कारका शृङ्खला कहिले रोकिन्छ ?

गृहमन्त्री थापा – निर्मला हत्या प्रकरण पासविक थियो । अनुसनधान जारी छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीलाई कारवाही गरेको छ । कुनैपनि अपराधीलाई राज्यले छुट दिँदैन । कानुनको कठघरामा ल्याउँछ । चासो र चिन्ताप्रति सरकार गम्भिर छ ।

पुरक प्रश्न – सरकारले नै निर्मला पन्तको हत्याको प्रमाण किन नष्ट गर्यो रु हत्यारा वालुवाटारमा छन् कि सिंहदरवारमा छन् ?

गृहमन्त्री थापा – सरकारले ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याएको छ । बाँकी अपराधीलाई पनि कठघरामा ल्याउने प्रयास गरेको छ । कुनैपनि अपराधीलाई ल्याउन समय लाग्छ ।

गगन थापा – निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारकै उपप्रधानमन्त्रीले केही महिनाअघि ५ दिनभित्र सार्वजनिक गर्छ भन्नुभएको थियो । त्यसबारे गृहमन्त्रालयको भनाइ के छ ?

गृहमन्त्री थापा–उहाँले अपराधिलाई छिटटै ल्याउने भन्नु राम्रो हो । अनुसन्धान भइरहकाले र साविती बयान पनि भइरहेकाले केही मुक्त भएका छन् । त्यही आधारमा रक्षामन्त्रीले सो कुरा भन्नुभएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु ।

दिलेन्द्रप्रसाद बडु– कहिलेसम्म सय प्रतिशत अपराधी पक्राउ पर्छन् रु आन्दोलनकारीलाई धम्क्याएको कुरा के हो ?

गृहमन्त्री थापा – आशावादी हौँ छिट्टै हुनेछ । न्यायका निम्ति जसले आन्दोलन गरेका छन् । त्यो अधिकार पनि हो । त्यसरी धम्क्याएको जानकारी छैन ।

राजेन्द्रप्रसाद लिङदेन– रक्षमन्त्री मात्रै होइन, गृहमन्त्रीले पनि अपराधी पक्राउ परेको भनेर भनियो । राज्य किन कच्चा सूचनामा विश्वास गर्छ ?

गृहमन्त्री थापा– राज्यले निर्मला प्रकरणमा केन्द्रबाट सिआइवीको टोली खटाएको थियो । त्यसले २ जनालाई पक्राउ पनि गरिएको थियो । उनीहरुको बयानका आधारमा मैले पनि अपराधी कठघरामा आएको भनेर भनेको हुँ ।

सुजाता परियार– निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि अनुसन्धान मात्रै भएको भनिन्छ वास्तविक हत्यारा कहिले पत्ता लाग्छ ?

गृहमन्त्री थापा – अनुसनधान जे भइरहेको छ । त्यही जानकारी मैले सदनलाई जानकारी दिने हो । सरकार सकेसम्म अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध छ । यद्यपि समय लाग्न सक्छ । तर प्रयास जारी छ ।

महेश बस्नेत–९६ प्रतिशत अपराधी कानुनी कठघरामा ल्याएकोमा बधाइ छ । तर, दिलीपसिंह बिष्टलाई कारवाही के हुन्छ ?

गृहमन्त्री थापा – सरकार गम्भिर छ । आवाश्यक कदम चाल्छ ।

रामबहादुर विष्ट –अछाम मंगलसेनका नवराज विष्टका हत्यारालाई कारवाही कहिले हुन्छ ?

गृहमन्त्री थापा – सरकारले लिखित रुपमा यसअघि घटनाबारे सदनमा जानकारी गराइसकेको छ । जेठ १ गते विष्टको लास भेटिएको र प्रहरीले बरामद बस्तुहरु र जाहेरीका आधारमा अनुसन्धान टोली गठन गरेको छ । परीक्षणबाट मृत्युको कारण खुल्न नसकेको रिपोर्ट आएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

रामबहादुर विष्ट– अनुसनधान सधै भइरहन्छ भनिन्छ । यसरी कहिलेसम्म चित्त बुझाउने ?

गृहमन्त्री थापा– अन्ततः अपराधी कानुको कठघरामा ल्याइन्छ ।

राजेन्द्र केसी – अछामको मङ्गलसेनको घटनामा अपराधीहरुलाई कठोर यातना दिएको भन्ने छ, वास्तविकता के हो ?

गृहमन्त्री थापा–सरकारको यातना दिने र अङ्गभङ्ग गर्ने नीति छैन । यदि भएको छ भने त्यसको छानिवन हुन्छ ।

घनश्याम खतिवडा – मोरङको लेटाङमा खानेपानी ट्याङकीमा विषादी हालेर धेरै मानिस विरामी भए । यसबारे के भइरहेको छ ?

गृहमन्त्री थापा– मन्त्रालयले लिखित जानकारी दिइसकेको छ । फेीर पनि दिन चाहान्छु । जिप्रकाको प्रतिवेदनका आधारमा छानविन भइरहेको छ ।

मिनेन्द्र रिजाल–मुलुकका ठूला चार घटना नै सरकारले पहिचान गर्न सकेन । सरकारको सफलताको आधार के हो ?

गृहमन्त्री थापा – बाँकी ४ प्रतिशतमा पनि सरकार सफल हुन्छ ।

अर्का सांसद बालकृष्ण खाँड अपराधीलाई गिरफ्तार गरेर कानुनी कारबाहीमा ल्याउनुपर्नेमा इन्काउन्टर भइरहेको भन्दै कसले आदेश दिन्छ भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री बादलले अपराधीको खोज गर्दै जाने क्रममा अपराधीबाट प्रहार गर्ने सम्भावना रहन्छ भने आत्मरक्षाका लागि प्रहरीले गोली हान्न सक्ने बताए । उनले भने, ‘माथिबाट आदेश दिनु पर्दैन ।’