७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संसदको कठघरामा गृहमन्त्री थापा : विपक्षीको प्रश्न, थापाको बधाई

संसदको कठघरामा गृहमन्त्री थापा : विपक्षीको प्रश्न, थापाको बधाई
अ+ अ-

काठमाडौँ । सांसदहरुले गृहमन्न्त्री रामबहादुर थापा बादललाई निर्मला पन्तको हत्या कहिले पत्ता लाग्छ भनेर सोधेका छन् । सांसदमा बुधबार भएको प्रश्न उत्तरमा कांग्रेस सांसद डिला संग्रौलाले पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा किन चलाइएन भनेर प्रश्न सोधेकी थिइन् ।

बुधबारको बैठकमा सांसदहरुले निर्मला हत्या प्रकरण र भइरहेको अनुसन्धान, निशान खड्काको हत्या र इन्काउन्टर, अछाममा भएको घटना लगायतमा केन्द्रीत रहेर प्रश्न गरेका थिए । तर, सत्तारुढ सांसदले भने निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र विपक्षीलाई राजनीतिक मुद्दा बनेको दाबी गरे ।

जवाफमा गृहमन्त्री बादलले अनुसन्धान जारी रहेको र सरकार अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रतिवद्ध रहेको बताए । त्यसमा कांग्रेस पुरक प्रश्न सोधेका थिए ।

देवेन्द्र कँडेल – साउन २१ मा काँडाघारीमा भएको निशान्त खड्काको हत्याको विषयमा प्रहरीको इन्काउन्टरमा मरिएका भनिएका गोपाल तामाङ र अजय तामाङका बारेमा प्रष्ट पारिदिन आग्रह गर्छु ।

गृहन्त्री थापा– निशान्त हत्या प्रकरणमा गोपाल तामाङ र अजय तामाङको प्रहरी इन्काउन्टरमा ज्यान गएको हो ।

पुरक –इन्काउन्टरको आदेश कसले दिन्छ ?

गृहमन्त्री थापा– तयस्तो अवस्थामा आदेश कसैले दिँदैन । प्रहरी आफैले निर्णय गर्न सक्छ ।

प्रेम सुवाल – पहुँचवालालाई मात्रै शान्ति सुरक्षा भयो सर्वसाधारणलाई भएन भन्ने गुनासो आएको छ वास्तविकता के हो रु

गृहमन्त्री थापा–सरकारले विभेद गरेको छैन ।

डिला सङग्रौला– निर्मला पनतको हत्यामा संलग्नलाई मुद्दा किन चलाइएन ? देशभरका हत्या र बलात्कारका शृङ्खला कहिले रोकिन्छ ?

गृहमन्त्री थापा – निर्मला हत्या प्रकरण पासविक थियो । अनुसनधान जारी छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीलाई कारवाही गरेको छ । कुनैपनि अपराधीलाई राज्यले छुट दिँदैन । कानुनको कठघरामा ल्याउँछ । चासो र चिन्ताप्रति सरकार गम्भिर छ ।

पुरक प्रश्न – सरकारले नै निर्मला पन्तको हत्याको प्रमाण किन नष्ट गर्यो रु हत्यारा वालुवाटारमा छन् कि सिंहदरवारमा छन् ?

गृहमन्त्री थापा – सरकारले ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याएको छ । बाँकी अपराधीलाई पनि कठघरामा ल्याउने प्रयास गरेको छ । कुनैपनि अपराधीलाई ल्याउन समय लाग्छ ।

गगन थापा – निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारकै उपप्रधानमन्त्रीले केही महिनाअघि ५ दिनभित्र सार्वजनिक गर्छ भन्नुभएको थियो । त्यसबारे गृहमन्त्रालयको भनाइ के छ ?

गृहमन्त्री थापा–उहाँले अपराधिलाई छिटटै ल्याउने भन्नु राम्रो हो । अनुसन्धान भइरहकाले र साविती बयान पनि भइरहेकाले केही मुक्त भएका छन् । त्यही आधारमा रक्षामन्त्रीले सो कुरा भन्नुभएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु ।

दिलेन्द्रप्रसाद बडु– कहिलेसम्म सय प्रतिशत अपराधी पक्राउ पर्छन् रु आन्दोलनकारीलाई धम्क्याएको कुरा के हो ?

गृहमन्त्री थापा – आशावादी हौँ छिट्टै हुनेछ । न्यायका निम्ति जसले आन्दोलन गरेका छन् । त्यो अधिकार पनि हो । त्यसरी धम्क्याएको जानकारी छैन ।

राजेन्द्रप्रसाद लिङदेन– रक्षमन्त्री मात्रै होइन, गृहमन्त्रीले पनि अपराधी पक्राउ परेको भनेर भनियो । राज्य किन कच्चा सूचनामा विश्वास गर्छ ?

गृहमन्त्री थापा– राज्यले निर्मला प्रकरणमा केन्द्रबाट सिआइवीको टोली खटाएको थियो । त्यसले २ जनालाई पक्राउ पनि गरिएको थियो । उनीहरुको बयानका आधारमा मैले पनि अपराधी कठघरामा आएको भनेर भनेको हुँ ।

सुजाता परियार– निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि अनुसन्धान मात्रै भएको भनिन्छ वास्तविक हत्यारा कहिले पत्ता लाग्छ ?

गृहमन्त्री थापा – अनुसनधान जे भइरहेको छ । त्यही जानकारी मैले सदनलाई जानकारी दिने हो । सरकार सकेसम्म अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिवद्ध छ । यद्यपि समय लाग्न सक्छ । तर प्रयास जारी छ ।

महेश बस्नेत–९६ प्रतिशत अपराधी कानुनी कठघरामा ल्याएकोमा बधाइ छ । तर, दिलीपसिंह बिष्टलाई कारवाही के हुन्छ ?

गृहमन्त्री थापा – सरकार गम्भिर छ । आवाश्यक कदम चाल्छ ।

रामबहादुर विष्ट –अछाम मंगलसेनका नवराज विष्टका हत्यारालाई कारवाही कहिले हुन्छ ?

गृहमन्त्री थापा – सरकारले लिखित रुपमा यसअघि घटनाबारे सदनमा जानकारी गराइसकेको छ । जेठ १ गते विष्टको लास भेटिएको र प्रहरीले बरामद बस्तुहरु र जाहेरीका आधारमा अनुसन्धान टोली गठन गरेको छ । परीक्षणबाट मृत्युको कारण खुल्न नसकेको रिपोर्ट आएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

रामबहादुर विष्ट– अनुसनधान सधै भइरहन्छ भनिन्छ । यसरी कहिलेसम्म चित्त बुझाउने ?

गृहमन्त्री थापा– अन्ततः अपराधी कानुको कठघरामा ल्याइन्छ ।

राजेन्द्र केसी – अछामको मङ्गलसेनको घटनामा अपराधीहरुलाई कठोर यातना दिएको भन्ने छ, वास्तविकता के हो ?

गृहमन्त्री थापा–सरकारको यातना दिने र अङ्गभङ्ग गर्ने नीति छैन । यदि भएको छ भने त्यसको छानिवन हुन्छ ।

घनश्याम खतिवडा – मोरङको लेटाङमा खानेपानी ट्याङकीमा विषादी हालेर धेरै मानिस विरामी भए । यसबारे के भइरहेको छ ?

गृहमन्त्री थापा– मन्त्रालयले लिखित जानकारी दिइसकेको छ । फेीर पनि दिन चाहान्छु । जिप्रकाको प्रतिवेदनका आधारमा छानविन भइरहेको छ ।

मिनेन्द्र रिजाल–मुलुकका ठूला चार घटना नै सरकारले पहिचान गर्न सकेन । सरकारको सफलताको आधार के हो ?

गृहमन्त्री थापा – बाँकी ४ प्रतिशतमा पनि सरकार सफल हुन्छ ।

अर्का सांसद बालकृष्ण खाँड अपराधीलाई गिरफ्तार गरेर कानुनी कारबाहीमा ल्याउनुपर्नेमा इन्काउन्टर भइरहेको भन्दै कसले आदेश दिन्छ भनेर प्रश्न गरे ।

जवाफमा गृहमन्त्री बादलले अपराधीको खोज गर्दै जाने क्रममा अपराधीबाट प्रहार गर्ने सम्भावना रहन्छ भने आत्मरक्षाका लागि प्रहरीले गोली हान्न सक्ने बताए । उनले भने, ‘माथिबाट आदेश दिनु पर्दैन ।’