८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सिलगुडीमा पोखराको चर्चा

सिलगुडीमा पोखराको चर्चा
अ अ+ अ-

सिलगुडी ।  भारतको सिलगुडीमा मङ्गलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे चर्चा भएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनको आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मङ्गलबार सिलगुडी आइपुगेको हो । 

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बङ्गलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए । 

समारोहमा वक्ताहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने चर्चा गर्दै यस क्षेत्रको संयुक्त पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो ।

“पोखरामा हेर्नै पर्ने धेरै पर्यटकीय आकर्षण छन्,” उहाँले भन्नुभयो, “प्रकृतिका मनोरम दृश्यका साथै साहसिक पर्यटनका विविधता पोखरामा पाउन सकिन्छ ।”नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को पाँच वर्षअघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । 

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७ दशमलव शून्य नौ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्याङ्कले देखाउँछ । 

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् । नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ । 

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका महासचिव सन्दिपन घोषले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । 

पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आफूहरू प्रतिबद्ध भएको बताउँदै उहाँले बङ्गाल ट्राभल मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पार्नुभयो । 

मार्टमा पोखरा पर्यटन परिषद्बाट वर्षेनी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । “हिजोदेखि शुरु मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग आज व्यापार आदानप्रदान (विटुवी)को कार्यक्रम समेत राखेका छौं,” उहाँले थप्नुभयोे, “पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष आदि बारे जानकारी गराउने गरी आज पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ ।” 

सिलगुडीको बङ्गाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि भोलिदेखि दुई दिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्देलले जानकारी दिनुभयो । पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभिट्टा हुँदै ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलसम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुर्भाग्य भएको बताउनुभयो । 

“सीमा नाकाबाट विमानस्थलसम्म पुग्ने बाटो पनि नबन्नुले पर्यटकमा नकारात्मक असर पार्दछ, उहाँले भन्नुभयो,“सीमा क्षेत्रको वातावरणले विदेशी पर्यटकलाई कति प्रभाव पार्ने भन्ने कुराले अत्यन्त महत्व राख्छ, यसतर्फ सरकारको ध्यान जानु जरुरी छ ।” 

काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलमा जाने मार्गमा विगत आठ वर्षदेखि गाडी चलाउँदै आएका झापाका पूर्ण राजवंशीले भारतीय पर्यटकले अव्यवस्थित बाटोप्रति चित्त दुखाउने गरेको बताउनुभयो । दैनिक ठूलै सङ्ख्यामा भारतीय पर्यटक सीमा नाका हुँदै भद्रपुर विमानस्थलबाट नेपाल भ्रमणमा जाने गरेको उहाँले जानकारी दिनुभयो ।