१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्धारा भारत ८० रनले पराजित



अ+ अ-

काठमाडौं । पहिलो टी–२० क्रिकेट खेलमा न्यूजील्यान्डले पाहुना टोली भारतलाई ८० रनले पराजित गरेको छ ।

वेलिङटनमा न्यूजील्यान्डले दिएको २२० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १३९ रन समेटिएको हो ।

भारतका लागि महेन्द्रसिंह धोनीले ३९, शिखर धवनले २९ र विजय शंकरले २७ रन बनाए भने अन्य खेलाडी सस्तैमा समेटियो ।

बलिङतर्फ न्यूजील्यान्डका टिम साउथीले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार पारेको थियो । न्यूजील्यान्डका लागि ओपनर टिम सेर्फटले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ८४ रन बनाए । उनले सात चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, कुलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४–३४ रन बनाए ।

जितसँगै न्यूजील्यान्डले तीन खेलको सिरिजमा १० ले अग्रता बनाएको छ ।