१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



अ+ अ-

दमौली: तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा बिहीबार राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

जीप कच्ची सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।