२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको योजना ! बेरोजगारलाई मासिक साढे आठ हजार भत्ता



अ+ अ-

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए। फागुन १ गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने समाचार नागरिक दैनिकमा छ।

सरकारले बेरोजगार भत्ता दिँदा एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्नेछ। अर्थात् केही रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेछ। हाल सरकारले मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ तोकेको छ।

बरोजगार कहलिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन। बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ।