२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेआमा क्रिश्चियन धर्मको प्रचार गर्न प्रशासनको अनुमति



अ+ अ-

ललितपुर । टिच नेपाल’ नामक गैर सरकारी संस्थाले पुसमा शिक्षकका लागि विज्ञापन खुलायो। त्यसले संस्थालाई विवादमा तान्यो।

कारण थियो, शिक्षक बन्न क्रिश्चियन परिवारको हुनुपर्ने, क्रिश्चियन कलेजमा अध्ययन गरेको र चर्चको प्रमाणीकरण चिठी चाहिने लगायत मापदण्ड। विज्ञापनलाई लिएर संस्थाले धर्मप्रचार गरेको गुनासो आयो। र जिल्ला प्रशासन कार्यालयले संस्थालाई निलम्बन पनि गर्यो।

ललितपुर धोबीघाटमा ०७२ सालदेखि सञ्चालित ‘मातृभाषा अनुवादक समाज’ नामक संस्थालाई पनि धर्म प्रचार, धर्म परिवर्तनका गतिविधि गरिरहेको आरोप लागेको छ। यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गर्दै एक व्यक्तिले ६ गते उजुरी हलेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

उजुरीका आधारमा प्रानमन्त्रीको कार्यालयबाट कार्याललयलाई कारबाही अघि बढाउन निर्देशन भएको छ। समाज ०७२ साल कात्तिक १६ गते दर्ता भएको हो। संस्थाले दर्ताकै क्रममा आफ्नो उद्देश्य प्रष्ट लेखेको छ। उसले आफ्ना उद्देश्यमा मातृभाषामा बाइबल तथा इसाइ धर्मसम्बन्धी पुस्तक, पुस्तिका अनुवाद गरी वितरण गर्ने उल्लेख छ। त्यसलाई जिल्ला प्रशासन कार्यालयले स्वीकृत पनि गरेको छ।