२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी समायोजनमा चलखेल, मन्त्रीले लाए आखाँ



अ+ अ-

काठमाडौं । संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ।

मुख्यसचिव, सचिवलाई संघमै समायोजन गर्ने कार्यले तीव्रता लिए पनि सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले गति लिन नसकेको हो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

संघमै दरबन्दी कायम राख्ने कर्मचारीले सामान्य प्रशासनमन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई दबाब दिएपछि समायोजन सकस बन्दै गएको छ। तथापि प्रदेश र स्थानीय तहमै बढी दरबन्दी छ।

सहसचिवको प्रस्ताव मन्त्रिपरिषदमा छलफल हुँदै गर्दा उपसचिव समायोजनले पूर्वघोषितअनुरूप नहुँदा समायोजन प्रक्रिया सुस्ताएको थियो। प्रशासन सेवाकाको मात्रै प्रक्रिाय सुरु गर्दा प्रदेश र स्थानीय तहमा जानेको संख्या अत्यन्तै न्यून देखिने मन्त्रालयले जनाएको छ।

सात वटा प्रदेशमा दुई र दुईजनाका दरले १४ जना राजस्वका उपसचिव समायोजनमा जाने भएपछि उनीहरूलाई संघमै राख्न आउैको दबाबसँगै नतिजा निकाल्न ढिलो भएको मन्त्रालयका अधिकारी बताउँछन्।