१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा रहेका सांसद कलियुगका कृष्ण, राजपा नेपालमा गयो भूकम्प



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का प्रतिनिधिसभाका सांसद एवम् सहमहामन्त्री रेशमलाल चौधरीले टीकापुर हत्याकाण्ड मच्चाएर भूमिगत भएका बेला तेस्रो पत्नी विवाह गरेको रहस्य बाहिर आएको छ ।

कैलालीको टीकापुर घटनामा नाबालकसहित नौ जना सुरक्षाकर्मीको सामूहिक हत्या गरेको घटनामा मुख्य आरोपीका रुपमा जेलमा रहेका चौधरीका तीन वटा पत्नी रहेको स्रोतले जनाएको छ ।

पहाडे मूलकी पहिलो पत्नीबाट बच्चाको जन्म नभएपछि चौधरीले दोस्रो श्रीमती विवाह गरेका थिए । चौधरीले पहिलो पत्नी (जेठी)सँगको सल्लाहमै आफ्नै थर (थारु) की महिलालाई विवाह गरेका थिए ।

त्यसपछि चौधरीले दुबै पत्नीलाई कैलालीमै राम्रै व्यवस्था गरेर राखेका थिए । टीकापुर हत्याकाण्ड भएपछि फरार भएका बेला राजपाका नेता एवम् सांसद चौधरीले प्रेम विवाह गरेको खुलासा भएको छ ।

तीन वटी पत्नीका पति चौधरी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा जीवन विताइरहेका छन् । चौधरीलाई भेट्न तीन वटै पत्नी पालैपालो जेलमा आउने गरेको स्रोतको भनाइ छ ।

भूमिगत भएका बेला विवाह गरेकी कान्छी पत्नीसँग चौधरीको सम्बन्ध धेरै नजिक रहेको एक आफन्तले बताए । मीठो बोल्ने क्षमता भएका चौधरीका तीन पत्नीका बारेमा राजपा नेपालका शीर्ष नेताहरूलाई समेत थाहा छैन ।

तर, केही दिन अगाडि राजपा नेपालका अध्यक्ष मण्डलका एक सदस्यले सांसद चौधरीको पक्षबाट वकालत गर्दै आएका अधिवक्तालाई फोन गरेर पत्नीहरुको बारेमा सोधीखोजी गरेको स्रोतले जनाएको छ ।

सांसद चौधरीका कानून व्यवसायीले तीन पत्नी रहेको खबर सुनाएपछि राजपा नेपालको बबरमहलस्थित पार्टी मुख्यालयमा ठूलो खैलाबैला भएको थियो ।

नेपाली सेनाका उच्च अधिकारीका साथै राणा परिवारसँग निकट सम्बन्ध राख्ने सांसद चौधरीलाई भूमिगत भएका बेला गीतकार सिन्धु राणाले संरक्षण गरेको आरोप पनि लागेको थियो ।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिद्वय स्व.सत्चितशम्शेर राणा र गौरव शम्शेर राणालगायतले संरक्षण गरेको आरोप लागेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।