१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा
अ अ+ अ-

काठमाडौँ । बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ।

मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अलमलमा पर्नुभएको थियो ।

सांसदहरुले आफ्नै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैँ गरे पनि जवाफ दिन वाध्य हुनुपरेको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंगो नहुँदा सभामुख कृष्णबहादु महाराले पटकपटक मन्त्रीलाई दिन आग्रह गर्नुपरेको थियो ।

सांसदहरूले निर्मला पन्त र भक्तपुरको काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्याको विषयमा विभिन्न प्रश्न गरेका थिए। मन्त्रीलाई प्रश्न गर्दा पहिले नै प्रश्न टिपाउनुपर्ने व्यवस्था गरिएको हुन्छ। प्रतिनिधिसभाले सम्बन्धित मन्त्रालयसँग सांसदले प्रश्न गर्ने दिन छुट्याएको छ।

मन्त्रीको जवाफ चित्त नबुझे पुरक प्रश्न गर्न पाउने व्यवस्था छ। गृहमन्त्रीले सबै घटनाको अनुसन्धान र छानबिन भइरहेको जवाफ दिनुभएको थियो। उहाँले संसद्का यसअघिका बैठकमा नै धेरै जवाफ दिइसकेकाले पनि धेरै भनिरहनुनपर्ने भन्दै भरसक जवाफ नदिइ टार्ने प्रयास गर्नुभएको थियो।

कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजालले गृहमन्त्रीलाई जुनसुकै घटनाको अनुसन्धान पनि नजिक पुगेको भन्ने जवाफ आउँदा भयो चाँहि केरु भनेर प्रश्न गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै सरकारले अपराधका घटनामा ९६ प्रतिशत सफलता हासिल गरेको दाबी गर्नुभएको थियो। सांसद रिजालले संसद्मा उठेका प्रश्नबाहेक अरू सफलता हासिल गरेको हो कि अरू पनि गर्न बाँकी छन् भन्दै व्यङ्यपूर्ण प्रश्न गर्नुभएको थियो।

गृहमन्त्रीले सरकारले सबै किसिमका अपराध अन्त्य गर्ने पहल गरिरहेको बताउनुभयो। सांसदमा देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला, रामबहादुर विष्ट र घनश्याम खतिवडाले गृहमन्त्रीलाई मूल प्रश्न गर्नुभएको थियो। सांसद विष्टले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई विषादीसहित खाद्यान्न, फलफूल तथा तरकारी कहिलेदेखि खान पाउँछन् भनेर प्रश्न गर्नुभएको थियो।

बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, वन तथा वातावरणमन्त्री र अर्थमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रमसमेत रहेको छ। केही समितिका प्रतिवेदन पेस गर्ने र केही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुका साथै त्यसको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।