७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपालमै छ भ्रष्टाचार शून्य गाउँ !

नेपालमै छ भ्रष्टाचार शून्य गाउँ !
अ+ अ-

हुम्ला । भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन् ।

भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए । विकास निर्माणका कुनै पनि कार्य गर्दा गाउँमा एक रुपैयाँको पनि अनियमितता नहुने गरेको तामाङको दाबी छ । धार्मिक तथा सामाजिक मान्यता र विकासमा सबैको अपनत्व र सहभागिताले यस गाउँमा रकम हिनामिना हुने गरेको छैन । बरु विकास निर्माणका लागि आएका रकमलाई कसरी बचाएर गुणस्तरीय काम गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुने गरेको लाक्पा तामाङको भनाइ छ ।

गाउँमा आएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबैभन्दा पहिले सरोकारवाला सबैको अनिवार्य सहभागितामा विस्तृत छलफल गरिन्छ । त्यसपछि सो योजनाको कार्यान्वयनका लागि स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिन्छ र त्यसको अनुगमनमा समेत सबैको सहभागिता गराउने परिपाटीले लिमी शून्य भ्रष्टाचार गाउँ हुन पुगेको पेम्बा तामाङले बताए ।

परम्परागत धर्मशास्त्रको बन्धनमा बाँधिएर काम गर्ने र सरकारी नीतिभन्दा पनि आफ्नो गाउँको परम्पराअनुसार योजनाको सामूहिक लेखाजोखा गर्ने काम लागत इस्टिमेटअनुसार गर्ने भएकाले पनि सो गाउँ भ्रष्टाचार शून्य भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए । यदि कहीँ कतै कसैले पनि रकम हिनामिना गरेको थाहा भएमा सामूहिक दण्ड र जरिमाना गर्ने भएकाले पनि सो गाउँमा भ्रष्टाचार र अनियमितता शून्य हुने गरेको अध्यक्ष लामाले बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।