१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोना र रियल मड्रिड बराबरीमा रोकिएको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिड १–१ गोलको बराबरी रोकिएको हो । बार्सिलोनाका लागि मेलकोमले गोल गरे भने रियलका लागि लुकास भेजक्वएजले गोल गरे ।

खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा भने कायम रहन सकेन । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका मेलकोमले गोल गर्दै खेल १-१ गोलको स्थितिमा ल्याए ।

नियमित कप्तान लियोनल मेस्सी भने अनफिटकै कारण दोस्रो हाफको मध्यतिर मात्रै मैदानमा प्रवेश गरे । खेलको ६३ औं मिनेटमा फिलिपे कौटिन्होको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् ।