१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाबारे वक्तव्य दिन नै जरुरी थिएन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले भेनुजुएलाका विषयमा वक्तव्य दिइ हाल्नु जरुरी नभएको बिचार राखेका छन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डको नाम नलिई भने– म भोलिपल्टै विदेशबाट आउँदै थिएँ तर अघिल्लै दिन त्यो विषयमा वक्तव्य जरुरी नै थिएन ।


बुधबार राति नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ साक्षात्कारमा प्रधानमन्त्री ओलीले दाहालको वक्तव्य जरुरी नभएको प्रस्ट पारेका हुन् । ‘अलिकति स्लिप भएकै हो, अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म (स्वदेश) आउँदै थिएँ, वक्तव्यमा उपयुक्त भाषा पनि भएन भन्ने छ,’ उनले अध्यक्ष दाहाललाई इंगित गर्दै भने ।


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ जानकारी अमेरिकी राजदूतलाई पनि जानकारी गराएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूतलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै यता प्रचण्डको पनि चिप्लिएको अथ्र्याएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टी जनाउँदै मुख खोलेका हुन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले प्रधानमन्त्री ओलीलाई सोधे—

‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’

प्रधानमन्त्रीले भने, ‘स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो जरुरी छैन । अलिकति स्लिप भएको हो । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन ।’

आफ्नै पार्टीका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने —

साथीले एउटा वक्तव्य दिनुभो ।तर, त्यसकै पछाडि देश–देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । स–साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् ।

अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स-साना जीवनहरु हुन्छन् ।

प्रधानमन्त्री ओलीले ब्यङ्ग्य गदै भने, ”विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन त्यसैले यस्तो स–साना कुरामा अल्झिनु हुन्न ।’

प्रस्तोता—–

‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’

प्रधानमन्त्रीले उत्तर दिए——–

आउने थिएन, । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो ।