७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

डिपिएल : विजेताले रु ३० लाख पाउने, (खेल तालिका सहित)

डिपिएल : विजेताले रु ३० लाख पाउने, (खेल तालिका सहित)
अ+ अ-

काठमाडौँ । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो । त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

“क्रिकेटलाई अझ योजनाबद्ध र व्यावसायिक हिसाबले लैजान धनगढी क्रिकेट एकेडेमी (डिसिए) जहिलै नयाँ योजनाका साथ आउने गरेको छ, सोही परिवेशमा शहर केन्द्रीत ‘फ्रेन्चाइज’ सोचको क्रिकेटलाई थप परिस्कृतरूपमा अगाडि बढाइरहेका छौँ ।” अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्ग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ ‘अक्सन’बाट लिइएका खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुईजना विदेशी खेलाडी रहने छन् ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई रु १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सम्पन्न गर्न रु पाँच करोड लागत खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डिपिएलको बजेट रु एक करोड ८२ लाख थियो भने कूल पुरस्कार २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा रु तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई रु २५ लाखसहित कुल ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।

यस्तो छ खेल तालिका

पहिलो खेल माघ २६ गते शनिबार दिउँसो १ बजे शुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ । प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकापसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

दोस्रो संस्करणमा झैँ यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप रु एक÷एक लाखको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु खड्का तथा अर्जुन खड्का स्मृति सम्मानबाट राखेपका पूर्वप्रशिक्षक अरुणकुमार अर्याल सम्मानित हुनुभएको थियो ।