७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

के हो डिपिएल?, को कतिमा खरिद भए ?

के हो डिपिएल?, को कतिमा खरिद भए ?
अ+ अ-

काठमाडौँ । डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयाँ स्वरुप हो । एसपिए कपको शुरुआत सन् २०१० मा गरिएको थियो ।

अस्थायी प्यारापिट निर्माण र यातायात सेवा

प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिसकिएको छ । दर्शकका लागि टिकटदर लिग चरणमा रु ५०, प्ले–अफमा रु ७० र फाइनलमा रु १०० तोकिएको छ ।

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान ९ड्रिम फाप्ला० लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ, कर्णाली रिभर यातायात सङ्घ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।

बाल विवाह अन्त्यका लागि सहकार्य

प्रिमियर लिग ३ मा बाल विवाहविरुद्धका जनचेतनामूलक सन्देश प्रवाह हुने भएका छन् । सिरिजभरि उद्घोषकले बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्ने सहकार्य आयोजक धनगढी क्रिकेट एकेडेमीले वल्र्ड भिजन इइन्टरनेशनल नेपालले गरेको छ । खेल मैदान वरपर र स्कोर बोर्डमा पनि बाल विवाहसम्बन्धी सन्देश राखिनेछन् ।

प्रतियोगिताका लागि क्लबले गत पुस २१ गते अक्सनबाट १२ खेलाडी लिइसकेका छन् भने तीन/तीन विदेशी खेलाडीसमेत अक्सनपछि अनुबन्ध गरिसकेका छन् । अक्सनमा सहभागी २०५ खेलाडीमध्ये ७२ खेलाडी बिक्री भएका थिए ।

अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरीदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार, सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दीपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च गरेका थिए ।

अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका थिए ।

यस्तै यस पटक प्रदीप ऐरी रुपन्देहीमा रु दुई लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका थिए ।