७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

लुम्बिनी क्षेत्रमा पूर्वाधारको अभाव

लुम्बिनी क्षेत्रमा पूर्वाधारको अभाव
अ+ अ-

नवलपरासी । लुम्बिनीमा रहेका गौतम बुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न ऐतिहासिक स्थलमा पूर्वाधारको अभाव देखिएको छ ।

यी स्थलमा आवश्यक पर्ने भौतिक पूर्वाधारसहित सडक, होटल, यातायात प्राकृतिक सुन्दरताको व्यवस्थापनमा ध्यान पुग्न नसक्दा आएका पर्यटकलाई बसोबासमा ठूलो समस्या देखापरेको छ । पश्चिम नवलपरासीमा गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप, गौतमबुद्धको मावलीस्थल पण्डितपुर र बौद्धकालीन ताललगायतका स्थल रहेका छन् ।

यी स्थलमा कोरिया, भियतनाम, थाइल्याण्ड, जापान, चीनजस्ता मुलुकबाट सबैभन्दा बढी पर्यटक लुम्बिनी आउँदा यस क्षेत्रमा आउने गर्दछन् । यद्यपि आउने पर्यटकलाई यस्ता ऐतिहासिकस्थल क्षेत्रमा पुग्नका लागि आफ्नै यातायात आवश्यक पर्ने र बासस्थानका लागि होटल नहुँदा पर्यटकलाई निकै समस्या हुने गरेको छ ।

यद्यपि अब भने रामग्राम स्तुप क्षेत्रमा केही होटलको निर्माण कार्य जारी रहेको देखिए पनि पण्डितपुर र बौद्धकालीन ताललगायतका स्थल पर्यटकलाई लक्षित गरी होटल बनाउने कामको शुरुआतसमेत हुन सकेको छैन । पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासी नजिक प्रमुख पर्यटकीयस्थल रामग्राम स्तुप रहेको छ । बुद्धको अस्तुधातु रहेको यस स्थानमा माटोको ढिस्कोमा एउटा रुख र वरपर बगैँचाबाहेक अन्य संरचना केही छैन ।

उत्खनन नगरिएको अस्तुधातु रहेकाले सबैभन्दा पवित्र यसै स्थानलाई मान्ने गरिन्छ । बुद्ध धर्मावलम्बीले यहाँ नआएसम्म आफ्नो दर्शन पूरा भएको मान्दैनन् । तसर्थ बुद्ध धर्मावलम्बीले यस स्थललाई निकै महत्वका साथ लिएको पाइन्छ । लुम्बिनी विकास कोषले प्रभावकारीरुपमा यस क्षेत्रको आर्थिकरुपमा भौतिक पूर्वाधार बनाएर विकास गर्न नसक्ने र जिल्लाका अन्य सरकारी कार्यालयले लगानी गर्न खोज्दा कोषले काम गर्न नदिने भन्दै स्तुपमा विकास निर्माण र आवश्यक संरचना समेत निर्माण हुन सकेको छैन ।