७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विश्वभर आत्महत्याको दर घट्यो

विश्वभर आत्महत्याको दर घट्यो
अ+ अ-

पेरिस । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

बीएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो ।

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६।६ प्रतिशतबाट घटेर ११।२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्युको अनुपातको तथ्याँक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी भएको छ ।

“आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,” क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानाले बताउनुभयो ।

हेल्थ एन्ड मेट्रिक्स इभालुएसन इन्स्टिच्यूटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिङ्गको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विश्लेषण गर्दछ ।

आत्महत्याका कारण हुने मृत्युका घटनामा समग्रमा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

साथै, महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । “पुरुषको मृत्युदर नै बढी देखिएको छ तर उमेर, र कतिपय सन्दर्भमा देश अनुसार यसमा विभिन्नता पाइन्छ,” ओर्पानाले बताउनुभयो ।
विश्वभर, आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५।६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ ।

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।

चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४।१ प्रतिशतले घटेको छ । तर जिम्बाबेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको छ ।