७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी सहायक निरीक्षक कै नक्कली शैक्षिक प्रमाण पत्र



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दले नक्कली प्रमाणपत्र पेश गरेर बलमा भर्ना भएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्दको प्रमाणपत्र जाँच गर्दा माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको खुलेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई लाभ तथा सुविधा समेत लिएको पुष्टि भएको हुदाँ चन्दविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र
आयोगले दायर गरेको छ ।