७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

काउन्सिलले ‘क’ वर्गका पत्रिकाको स्व–अनुगमन गर्ने

काउन्सिलले ‘क’ वर्गका पत्रिकाको स्व–अनुगमन गर्ने
अ+ अ-


काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले प्रदेश नं ३ अन्तर्गत ‘क’ नम्बरमा वर्गिकरणमा परेका विभिन्न पत्रपत्रिकाको अनुगमन गर्ने भएको छ । 

काउन्सिलले प्रदेश नम्बर ३ का काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक १० जिल्लाका पत्रपत्रिकाको अनुगमन गर्न लागेको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । “यो अनुगमन प्रेस काउन्सिलले गर्ने स्वअनुगमन हो, आचारसंहिता अनुगमन छापा शाखा आफैँले जिम्मेवारीबोध गरी यस्तो अभियान गर्न लागेको हो”, उहाँले भन्नुभयो । 

सूचना प्र्रविधि÷अभिलेख÷आचारसंहिता अनुगमन (विद्युतीय) र आचारसंहिता अनुगमन (छापा) शाखाका संयोजकसमेत रहनुभएका खनालले यसका लागि निश्चित मापदण्ड बनाइएको बताउनुभयो । उहाँका अनुसार यसका लागि अनुगमनको क्षेत्र, अनुगमन गर्ने मिडिया, अनुगमनको चरण, प्रदेश छनोट विधि, अनुगमनका आधार, तथ्य सङ्कलन विधि र तथ्य वर्गीकरणको आधार तयार गरिएका छन् । 

सात प्रदेश र काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) लाई अनुगमनको क्षेत्र तोकिएको छ भने अनुगमनका चरण आठवटा रहेका छन् । अनुगमन गर्ने मिडियाभित्र सातै प्रदेशका पत्रपत्रिका रहेका छन् । पहिलोचरणमा सम्भाव्य वा संयोग नमूना छनोट विधिअन्तर्गतको गोलाप्रथा विधि प्रयोग गर्दा प्रदेश नम्बर ३ चयन भएको हो । 

२०७३/०७४ सालको पत्रपत्रिका वर्गीकरणको नतिजामा ‘क’ वर्गमा परेका पत्रपत्रिकालाई अनुगमनको आधार बनाइएको छ । यस्तै अनुगमनका लागि काउन्सिलमा पर्याप्त जनशक्ति नभएको हुँदा उक्त अनुगमन तत्काल सर्वेक्षण विधिका आधारमा मात्रात्मक र गुणात्मक तरिकाद्वारा गरिने छ । पत्रकार आचारसंहिता–२०७३ मा उल्लिखित पत्रकार र सञ्चारमाध्यमले गर्न हुने र गर्न नहुने बुँदालाई मार्गदर्शन बनाई अनुगमन गरिने खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो निरन्तर प्रक्रिया हो, यो पहिलो चरणमा हो । पहिलोचरणको अनुगमन सकिएपछि दोस्रो चरणमा गोलाप्रथाकै आधारमा अर्काे प्रदेशको अनुगमन शुरु गर्नेछौँ । आठै चरणमा अनुगमनको काम सकिएपछि पुनः नियमितरुपमा दोस्रो चरणमा ‘ख’ वर्गको अनुगमनको काम शुरु हुनेछ ।” 

प्रदेश नम्बर ३ का रामेछाप र रसुवाबाहेकका जिल्लामा साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक गरी ‘क’ वर्गका २७ वटा पत्रपत्रिका छन् । काउन्सिलको सूचना प्र्रविधि/अभिलेख/आचारसंहिता अनुगमन (विद्युतीय) शाखाबाट पनि दिनहुँ देशभरका रेडियो, टिभी, अनलाइनको स्वअनुगमन हुँदै आएको छ ।

दुवै शाखाले उजुरी, अनलाइन उजुरी, गुनासो, जनगुनासो आधारमा पनि आचारसंहितासम्बन्धी कारवाही गर्दै आएको जानकारी दिँदै खनालले भन्नुभयो, “छापा अनुगमन कम प्रभावकारी भएको लागेर यो अभियान थालेका हौँ, अहिले पनि जनशक्ति निकै कमी भएको हुँदा काउन्सिलको नेतृत्वलाई जनशक्ति थप गर्नका लागि आग्रह गरिसकेका छौँ ।”