१२ पुष २०८१, शुक्रबार
,
Latest
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओत लाग्ने घरको खोजीमा पुस्तौँ बित्यो



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको जगदम्बा डिलासैनी सामुदायिक वनको छेउमा झोपडी बनाएर डेढ दशकदेखि बस्दै आएका ६४ वर्षीय परमे सार्कीको परिवारको आफ्नो स्वामित्वको जग्गा छैन ।

पुर्खौंदेखि सार्की परिवारले मालिकको घरमा हलिया बसेर जीविका धान्दै आएको थियो । हलिया मुक्तिको घोषणापछि बैतडी जिल्लाको गोरा गाउँबाट बासस्थानको खोजीमा तराई झरेको सार्की परिवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरमा बस्यो । “तारापुरमा जग्गा पाइँदैछ भनेर सुनेपछि आयौँ,” परमेले भन्नु भयो, “निकुञ्जले विस्तारित क्षेत्रबाट हटायो । पहाडबाट झोलाझिम्टा बोकेर तराई झरेका थियौँ । त्यहाँबाट हटाइएपछि बासस्थानकै खोजीमा कृष्णपुर नगरपालिकाको वाणी गयौँ । त्यहाँ पनि बस्ने ठाउँ पाइएन ।”

“केही दिन सडक छेउमै परिवारसहित बस्यौँ । बास बस्ने ठेगान त थिएन नै । रोजगारीको साधन पनि भएन । मागेर केही दिन गुजारा चलाइयो,” उहाँले भन्नुभयो, “विसं २०६० मा हाल बस्दै आएको सामुदायिक वनमा जग्गा अतिक्रमण गरेर बस्ने क्रम बढ्न थालेको थियो । जग्गा पाउँछ कि भनेर यहाँ पुग्यौँ ।”

जग्गा अतिक्रमण गरेर बस्ने सयौँको सङ्ख्यामा थिए । सबै जना स्थानीयवासी थिए । प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सामुदायिक वनका पदाधिकारीले अतिक्रमणकारीलाई हटाए । अतिक्रमण गर्ने सबै जना स्थानीयवासी थिए । आ–आफ्ना घर फर्के । सार्की परिवारको न त आफ्नो जग्गा नै थियो । न त बास बस्ने ठेगाना । वनबाट हटाइएपछि सामुदायिक वन छेउकै सडक किनारामा झोपडी बनाएर बस्नुको विकल्प थिएन ।

मुक्त हलियाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले परिचयपत्र बनाउनका लागि सघाउने अश्वासन दिए पनि हालसम्म परिचयपत्र बन्न नसकेको सार्की परिवारको दुःखेसो छ । सार्की परिवार भन्छन, “ओत लाग्नका लागि घर, कमाई खानका लागि जग्गा र जीविका चलाउनका लागि रोजगारको व्यवस्था भए जीवन सहज हुन्थ्यो ।”