२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिका घेर्न गएका नेविसंघका ७ विद्यार्थी पक्राउ



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का ७ जना विद्याथीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी र उमा ठकुरी रहेका छन् ।

विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय समयपछि छोडिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक बिदाका दिन गाडी चलाइएको भन्दै माघ १९ गते शिक्षा शाखाको गाडी विद्यार्थीले जलाएका थिए । गाडी जलाएलगत्तै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई छाड्न माग गर्दै घेराउ गर्न पुगेका थिए ।

प्रहरीले मुद्दा नै चलाई सकेका विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीले विभिन्न आन्दोलन गर्दै आएका छन् ।