२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व क्यान्सर दिवसको अवसरमा रामेछापमा स्वास्थ्य शिविर



अ+ अ-


काठमाडौँ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेशनले यही मंगलबार रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
सो शिविरमा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेशनले यहाँका स्थानीय महिलाहरुलाई महिलामा हुने स्तन क्यान्सरको विषयमा सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य जाच पनि सञ्चालन गरेको थियो ।
उक्त शिविरमा सहभागी महिलाहरुलाई स्तन क्यान्सरको बारेमा जानकारी दिँदै यस प्रकोपबाट बच्नका लागि महिलाले आफ्नो स्तन आफैले कसरी जाँच गर्ने भन्ने बारेमा चिकित्सकहरुले जानकारी दिएको उक्त फाउन्डेशनका अध्यक्ष डा. सुजिता हिराचनले जानकारी दिइन् ।


सो शिविरमा उक्त क्षेत्रका २५० भन्दा बढी महिलाको सहभागिता रहेको थियो । ती महिलाले आफ्नै घर आँगनमा विशेषज्ञ चिकित्सकहरु पाउँदा निकै खुसी व्यक्त गरेका थिए ।
यस वर्षको विश्व क्यान्सर दिवसको नारा आइएम आइ विल थियो । यस नाराको बा रेमा डा हिराचनले भन्नुभयो– यसको अर्थ कुनै व्यक्तिले म हुँ र मैले गर्छु भन्ने मान्यता राख्यो भने उसमार्फत क्यान्सरको नियन्त्रणमा सहयोग पुग्नेछ भन्ने हो । जस्तै कुनै शिक्षकले म शिक्षक हूँ र मैले मेरा विद्यार्थीलाई भन्छु भन्ने मान्यता राख्यो भयो भने यसमार्फत क्यान्सर विरोधी सचेतना देशव्यापी रुपमा फैलिने छ ।


उक्त स्वास्थ्य शिविरमा ग्वार्काेस्थित किष्ट अस्पतालका मात्र ३० जना चिकित्सक सहभागी थिए । जसमा डा.हिराचनसहित डा.मनिषा बज्राचार्य, डा.अभिषेक थापा, डा. सुमन कर्माचार्यसहित थिए । किष्ट अस्पताल र उक्त फाउन्डेशनका तर्फबाट सञ्चालित सो शिविरमा
नेपाली सेनाको नन्दाबक्स गण, किष्ट अस्पताल ग्वार्काे, तामाकोशी सहकारी अस्पताल मन्थली, जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँगको समन्वयमा सञ्चालन गरिएको हो ।


मन्थली नगरापालिका वडा नं ५ मा रहेको भैरवी माध्यमिक विद्यालय सुनारपानीमा सञ्चालन गरिएको सो स्वास्थ्य शिविरमा स्तन क्यान्सरसम्बन्धमा सहभागी २५० महिलासहित ५ सय १० जना स्थानीय स्वास्थ्य जाच गराएका छन् ।
सो शिविरमा छाति, मुटु, नाक, कान घाटी, हड्डी, स्त्री रोग छाला, आँखा, बच्चाका विशेषज्ञ डाक्टरहरु साथै सर्जन डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण गराइएको जानकारी दिइएको छ । शिविरमा धेरैजसो विरामीहरु अर्थोपेडिक (हड्डी) सम्बन्धिका विरामीहरु बढी आएको शिविरमा सहभागि चिकित्सकहरुले बताएका छन् ।
शिविरमा आएर स्वास्थ्य परीक्षण गराएका विरामीहरुमध्ये केही विरामीहरुको उपचार जिल्लामा रहेको स्वास्थ्य संस्थाबाट हुन नसक्ने भएकाले उनीहरुको उपचारको लागि किष्ट अस्पतालमा ब्यवस्था मिलाइएको छ ।
शिविर नेपाली सेनाले आयोजना गरेकाले विरामीहरु पनि धेरै सहभागि भएको स्थानीयको भनाई छ । सो शिविरमा राम्रो उपचार हुने विश्वासले स्वास्थ्य शिविरमा ५ सय भन्दा बढी विरामी आएका स्थानीय बासीहरुले बताए ।
फाउण्डेशनका अध्यक्ष डा.हिराचन र डा.सुमन कर्माचार्यले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरुले गाउँघरमा रँेग लुकाएर बस्न बाध्य भएका र चिकित्सकको परामर्श प्राप्त गर्न नसकेका नागरिकका लागि लाभ पुगेको धारणा राख्नुभयो ।
स्थानीय नागरिक ऋषिराज काफ्ले र यकमाया मगर लगायतका सहभागीहरुले आफ्नो गाउँघरमै रोग अनुसारका विशेषज्ञ पाउदा निकै खुशी लागेको बताए । उनीहरुले आगामी दिनमा पनि यस्तो व्यवस्था भइदिए हुन्थ्यो भन्दै किष्ट अस्पताललाई विशेषज्ञ चिकित्सक उपलब्ध गराएकोमा विशेष धन्यवाद दिएका थिए ।