२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंशबण्डाको विवादमा फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ ।

स्थानीय ३० वर्षकी तारादेवी गुरुङले अंशबण्डाको बिषयमा विवाद हुँदा फलामको ढुंग्रोले हिर्काउँदा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले बिहीबार विहान तारादेवीलाई पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।