११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ओली र प्रचण्ड अल्मलिए भेनेजुयलामै, फेरियो ओलीको बोली

ओली र प्रचण्ड अल्मलिए भेनेजुयलामै, फेरियो ओलीको बोली
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता भएको नौ महिना बितिसक्दा समेत सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन् । शीर्ष नेतृत्वबीच देखिएको विवादकै कारण एकता प्रक्रियाले गति लिन सकेको छैन ।

प्रदेश कमिटीबाहेक अन्य सांगठनिक एकता प्रक्रिया अगाडि बढाउन बनेको कार्यदल असफल बन्दै आएको छ । पार्टी एकताको टुंगो लगाउन जुट्नुपर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भेनेजुयलाको विषयलाई लिएर आ–आफ्नो अडान अगाडि सारेका छन् । अध्यक्षद्वयबीच भेनेजुयलाको विषयलाई लिएर फरक–फरक अभिव्यक्ति आएपछि नेकपा नयाँ विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष प्रचण्ड, परराष्ट्र मन्त्रालय र नेकपाको सचिवालय बैठकले भेनेजुयलालाई समर्थन गर्ने गरी विज्ञप्ति जारी गरेको थियो । परराष्ट्र मन्त्रालय र नेकपाको सचिवालयको बैठकले प्रचण्डको विज्ञप्तिलाई नै सदर गर्ने गरी थप विज्ञप्ति जारी गरेपछि विवाद हटेको थियो ।

तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले हतारमा विज्ञप्ति निकालेको अभिव्यक्ति दिएपछि नेकपाभित्र नयाँ विवाद सुरु भएको छ । पार्टी अध्यक्षको हैसियतमा प्रचण्डले जारी गरेको विज्ञप्तिलाई सचिवालय बैठकले ठीक रहेको निष्कर्ष निकालेको थियो । तर, अमेरिकाले प्रचण्ड र परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले आफ्नै पार्टी अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिको विपक्षमा उभिनुभएको छ ।

पार्टी एकताको प्रक्रियामा भन्दा पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस मधुरोलाई समर्थन गरिएको विज्ञप्तिमा अल्झिएका छन् । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेको बेला अर्का अध्यक्ष प्रचण्डले अमेरिकाले भेनेजुयलामाथि हस्तक्षेप गरेको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो । सो विज्ञप्तिलाई नै सदर हुने गरी परराष्ट्र मन्त्रालयले सोही ब्यहोराको विज्ञप्ति निकालेको थियो । साथै नेकपाको सचिवालय बैठकले पनि प्रचण्डकै विज्ञप्तिलाई सदर गर्दै महासचिव विष्णु पौडेलले विज्ञप्ति जारी गर्नुभएको थियो ।

नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले प्रधानमन्त्री ओलीलाई भेटेपछि सरकारको बोली फेरिएको छ । प्रधानमन्त्री ओलीले घुमाउरो शैलीमा अर्का अध्यक्ष प्रचण्डले विज्ञप्ति निकाल्न हतारो भएको अभिव्यक्ति दिनुभएको छ । नेपाल टेलिभिजनबाट प्रशासरण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा उहाँले भन्नुभएको छ–‘त्यो अलिकति ‘स्लिप’ ९चिप्लिएको० भएको हो,म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन, दिनुपर्ने जरुरी विषय पनि थिएन। जुन भाषा प्रयुक्त भयो त्यो अलि उपयुक्त भाषा पनि भएन, कोही एउटा साथीले एउटा विज्ञप्ति दिनुभयो, र त्यसकै पछाडि देश देशका बीचका सम्बन्धहरू अडेको हुँदैन ।’

भेनेजुयलामा सत्तारुढ निकोलस मदुरोको नेतृत्वको साटो विपक्षी नेता ह्वान गुएइदोलाई अमेरिकाले समर्थन गरेकोप्रति विरोध जनाउँदै नेकपाका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि नेकपाभित्र विज्ञप्तिकै कारण विवाद चुलिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले असन्तुष्ट अमेरिकालाई मनाउने गरी अभिव्यक्ति दिए पनि अर्का अध्यक्ष पं्रचण्डले भेनेजुयलाको विषयमा जारी गरेको विज्ञप्तिप्रति अडिक रहेको अडान दोहो¥याउनुभएको छ ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूले जारी गरेको वक्तव्य एक राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । आफूले जारी गरेकै स्प्रिटमा परराष्ट्र मन्त्रालयबाट पनि वक्तव्य आएको उल्लेख गर्दै प्रचण्डले एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रकाशित गरेको विज्ञप्तिमा भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस मधुरोलाई समर्थन गरिएको छ । संयुक्त राज्य अमेरिका र केही युरोपियन मुलुकहरुले भेनेजुयलामाथि गरेको राजनीतिक हस्तक्षेपको विरोध जनाइएको थियो ।

नेकपाको विज्ञप्तिपछि प्रमु्ख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले देशमा आउन सक्ने संकटको परवाह नगरी जे मन लाग्यो त्यही प्रकाशन गरिएको भन्दै सदनमा चर्को विरोध गरिएको छ । विज्ञप्तिप्रति अमेरिकाले व्यक्त गरेको असन्तुष्टिसँगै प्रधानमन्त्री ओलीले बोली फेरेपछि नेकपाभित्र नयाँ विवादको जन्म भएको छ । समाचार राजधानी दैनिकमा छ ।