२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी निवारण कोषको अनियमितता, कामै नभइ रकम भूक्तानी



अ+ अ-

काठमाडौं । गरिबी निवारण कोषले विश्व बैंकको परामर्शदाता छनोट गर्दा अनियमित रूपमा झन्डै ४ करोडको सम्झौता गरेको पाइएको छ । कोषले गैरकानुनी रूपमा परामर्शदातासँग एकल प्रस्तावमार्फत ३ करोड ७८ लाख ७० हजार ७९४ रुपैयाँ सम्झौता गरेको पाइएको छ । यसैगरी कोषले फिल्डमा कामै नभए पनि काम भएको भन्दै केही निकायलाई लाखौ रुपैयाँ दिएको छ ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले पुस्ट्याइँबिना नै प्रतिस्पर्धा सीमित हुने गरी गरिएको सो सम्झौता नियमसंगत नदेखिएको निष्कर्ष निकालेको हो ।

कम्पनी ऐनको दफा १५४ (१) मा विदेशी कम्पनीले नेपालभित्र आफ्नो शाखा कार्यालय दर्ता नगराई नेपालभर कुनै कारोबार गर्न पाइँदैन । तर, गरिबी निवारण कोषका पदाधिकारीहरूले मिलेमतो गरी नेपालमा शाखा कार्यालय नै नभएको परामर्शदातासँग त्यति धेरै रकममा सम्झौता गरेको पाइएको हो । कोषले निज परामर्शदातालाई ड्राफ्टमार्फत प्रथम किस्तामा ६४ लाख २६ हजार ७१४ रुपैयाँ र दोस्रो किस्तामा १ करोड ६४ लाख ६९ हजार ३४० रुपैयाँ सोझै रकम पठाएको पाइएको छ । रकम पठाउँदा बैंक कमिसनस्वरूप ३१ हजार ३९४ रुपैयाँसमेत कोषको तर्फबाट बेहोरेको देखिएकाले सो रकम असुल उपर गर्न केन्द्रले सरकारसमक्ष सिफारिस गरेको छ ।

पारदर्शी रूपले प्रतिस्पर्धा गराई परामर्शदाता छनोट गर्नुपर्नेमा उपयुक्त कारणबिना नै एकल छनोट विधिद्वारा सीमित परामर्शदातालाई सोझै प्रस्ताव आह्वान गरी वार्ताको माध्यमबाट लागत अनुमानित रकम ३ करोड ७८ लाख ७० हजार ७९४ रहेकोमा एकल प्रस्तावमार्फत ३ करोड ८१ हजार ६० हजार ९१ रुपैयाँ कायम गरी सम्झौता गरेको पाइएको हो ।
एकल सम्झौताबाट लागत र गुणस्तरमा फाइदा लिन नसकिने भएकाले विशेष परिस्थिति तथा योग्य परामर्शदाता छनोट हुन नसकेको अवस्थामा मात्रै गर्न यस्तो सम्झौता गर्न सकिन्छ ।
तर, कोषले यो नियमको उल्लंघन गर्दै सहज परिस्थतिमा नै बिनाप्रमाण र कारण यस्तो सम्झौता गरेको केन्द्रले जनाएको छ ।

भौतिक पूर्वाधार कार्यक्रमको १० करोडमा आशंका

सतर्कता केन्द्रको छानबिन प्रतिवेदनले भौतिक परियोजना शीर्षकअन्तर्गत सञ्चालित ५ हजार ६६५ प्रोजेक्टका लागि गरिएको १० करोड ४ लाख ४१ हजार ७८८ रुपैयाँको दुरुपयोग भएको हुन सक्ने देखाएको छ । केन्द्रले त्यस सम्बन्धमा अख्तियारबाटै गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने सुझाव दिएको छ ।
४ अर्ब ३ करोडको लगानी, कमजोर अनुगमन
सतर्कता केन्द्रले कोषबाट आर्थिक वर्ष २०७३/७४ सम्म विभिन्न क्षेत्रका गरी ५ हजार ८५९ वटा सामुदायिक पूर्वाधारको कार्यक्रम सञ्चालन भएको र सो का लागि ४ अर्ब ३ करोड रुपैयाँ खर्च भएको जनाएको छ । त्यति ठूलो परिमाणमा भएको खर्चको उपलब्धिबारे कोषबाट नियमित अनुगमन नभएको भन्दै केन्द्रले सो लगानीमा पनि प्रश्न उठाएको छ ।

कामै नभई ३६ लाख भुक्तानी

कोषका पदाधिकारी तथा कर्मचारीले मिलेमतो गरी कामै नभए पनि लाखौं रुपैयाँ भुक्तानी गरेका छन् । केन्द्रको छानबिन प्रतिवेदनका अनुसार सुनसरी जिल्लाको राजाजी कल्भर्ट सामुदायिक सञ्जाललाई कल्भर्ट निर्माणबिना नै १७ लाख ५४ हजार ४५१ रुपैयाँ भुक्तानी दिइएको छ । कोषले कल्भर्ट निर्माण भएको बताए पनि फिल्डमा कल्भर्टसम्बन्धी कुनै काम नै नभएको पाइएको केन्द्रले जनाएको छ । यसैगरी, सुनसरी जिल्लाकै महावीरमोड कल्भर्ट निर्माण सामुदायिक सञ्जालले कोषसँग १८ लाख ३२ हजार ९६३ रुपैयाँ भुक्तानी लगे पनि कल्भर्ट निर्माणसम्बन्धी कुनै काम नै नभएको पाइएको छ ।

सामुदायिक संस्थालाई काम नगर्दै २० लाख

लक्ष्मीनिवास दूध चिस्यान केन्द्रलाई पनि कुनै काम नै नगरी २० लाख ७८ हजार १९९ रुपैयाँ दिइएको केन्द्रको छानबिन प्रतिवेदनले औंल्याएको छ । समाचार राजधानी दैनिकमा छ ।