२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका पूर्वमन्त्री कुटिए, मन्त्री घाइते



अ+ अ-

रकुम पूर्व । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री आफ्नैं गृहजिल्लामा कुटिएका छन् । पुर्वमन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट गरिएको हो ।

रोकासँगै गएका नेकपाका नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुनमगर माथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । आन्दोलनकारीहरुले रुकुमकोट प्रवेश गर्नु पहिल्यै रानीकोट भन्ने ठाउँमा आफूहरूमाथि कुटपिट गरेको रोकाले जनाए ।

रोकाले भने, ‘गाडी रोक्न बसेका मान्छेहरु देखेर हामीले गाडि फर्काएर हिँडेर जाँदै गर्दासमेत लछारपछार पारियो’ उनले अगाडी थप्दैं भने, ‘फेरि रुकुमकोट पुग्न लाग्दा मोटरसाइकलको हेलमेट र लात्तिले प्रहार गरियो ।’

कुटपिटबाट रोकाको गर्दनको भागमा चोट लागेको र कानमा समस्या आएको छ । नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला गरी रानिकोटबाट रुकमुकोटसम्म कुटपिट गर्दै लगिएको जनाए ।

रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उनीहरु रुकुमकोटमै बसेर वार्ता गरौं भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको जनाइएको छ ।