१३ फाल्गुन २०८१, मंगलवार
February 25, 2025 Tuesday
Latest
कामपाद्वारा विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना इन्स्पेक्टर सन्तोषीको मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना बालबालिकाका विषय साझा मुद्दा हुन्, एउटै संयन्त्र बोध गरेर अगाडि बढौँ- उपप्रमुख डंगोल जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’ निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली विरुद्ध अनसन बस्ने सांसद लिङ्देनको चेतावनी



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध राप्रपाका सांसद राजेन्द्र लिङ्देनले अनसन बस्ने चेतावनी दिएका छन् । उनले आफ्नो क्षेत्रमा केही पनि खर्च नगरेको भन्दै अनसन बस्ने चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताको सिफारिसको आधारमा योजना छनोट गरेको र १० लाख मागेको ठाउँमा १ करोड १० लाख पठाएको भन्दै उनले विरोध व्यक्त गरे ।

लिङ्देन झापा क्षेत्र नं ३ बाट निर्वाचित राप्रपाको एक्लो सांसद भएरै आफ्नो क्षेत्रलाई नहेरेको भन्दै गुनासो पनि गरे । उनले आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिए ।

उनले बहुवर्षीय ठेक्काहरु समेत बन्द गरेको आरोप समेत लगाएका छन् । गाउँपालिकाले माग गरेको भन्दा १ करोड बढी रकम मन्त्रालयले पठाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।