७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

घूस प्रकरणमा न्यायाधीश बानियाँ तानिए

घूस प्रकरणमा न्यायाधीश बानियाँ तानिए
अ+ अ-

काठमाडौँ — न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई ‘घूस प्रकरण’ मा छानबिन गर्न सचिवालयमा तानेको छ । सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले आफूले न्यायाधीश बानियाँको आग्रहमै पैसा बुझेको बयान दिएका छन् । चालिसे बानियाँकै इजलासमा कार्यरत नासु हुन् ।

न्यायाधीश बानियाँमाथि गम्भीर आरोप लागेकाले उनीमाथि छानबिन गर्न न्याय परिषद् सचिवालयमा तानिएको जानकारी स्रोतले दिएका छन्। काठमाडौं जिल्ला अदालतमा रहेको सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घूससहित अख्तियारले नायब सुब्बा चालिसेलाई माघ १७ मा पक्राउ गरेको थियो।
चालिसेले अख्तियारको छानबिन टोलीसितको बयानका क्रममा बानियाँकै आग्रहमा आफूले सेवाग्राहीसँग घूस लिएको बताएको जानकारी आयोग स्रोतले दिएको छ। अख्तियारका एक आयुक्तले न्यायाधीश बानियाँ घूस प्रकरणमा जोडिएको प्रमाणसहितको जानकारी प्रधानन्यायाधीश चोलेन्द्रसमसेर राणालाई गराएका थिए। राणाले तत्काल बानियाँलाई न्याय परिषद्‌मा तानी अख्तियारलाई घूस प्रकरणमा थप प्रमाण जुटाउनसमेत निर्देशन दिएको जानकारी सर्वोच्च अदालत स्रोतले दिएको छ। स्रोतका अनुसार न्याय परिषद्ले शुक्रबार नै अख्तियारसित घूस प्रकरणको प्रमाण मागी न्यायाधीश बानियाँमाथि छानबिन सुरु गरेको छ।
प्रधानन्यायाधीश राणाले न्याय निरुपणका क्रममा गलत काम गरेका ७ जना न्यायाधीशमाथि यसअघि नै न्याय परिषद्‌मा तानेर कारबाहीको प्रक्रिया अघि बढाएका छन्। राणा न्यायालयको नेतृत्वमा आएपछि न्याय निरुपणमा गलत काम हुन नदिन न्याय परिषद्लाई सक्रिय गराएका छन्। यस क्रममा७ जना न्यायाधीशलाई परिषद्‌मा तानेर उनीहरूमाथि छानबिन सुरु गरिएको छ।
ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिनका लागि परिषद्ले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। मलेसिया जाने नेपाली कामदारसित स्वास्थ्य जाँच र भिसा प्रोसेसिङका क्रममा चर्को रकम असुलेर ठगी गर्दै आएको भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकामा ललितपुरका प्रमुख जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयमाथि छानबिन सुरु भएको हो।
न्याय परिषद्ले सर्लाहीका प्रमुख न्यायाधीश रहेका राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमलाई न्याय परिषद्‌मा तानी सातदिने स्पष्टीकरण सोधेको छ।
३३ किलो सुन काण्डमा संलग्नहरूलाई साधारण तारेखमा रिहा गरेकामा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश कुलरत्न भुर्तेलसहितका न्यायाधीशहरूमाथि कारबाही गर्नसमेत न्याय परिषद्ले छानबिन सुरु गरेको छ। (कान्तिपुर दैनिकबाट साभार)